जोडिनुहोस
आइतवार, बैशाख २३, २०८१
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • व्यापारीक घरानाको कब्जामा लघु बीमा

व्यापारीक घरानाको कब्जामा लघु बीमा

नेपालको अधिकांश वित्तीय क्षेत्र ठूलो व्यापारी त्यो पनि मारवाडी समूदायको हातमा जान थालेको छ । यसको पछिल्लो सिकार लघु बीमा लाइसेन्स परेको छ । मंसिर ११ गते सूचना प्रकाशित गरी ३ वटा लघु जीवन बिमा र ४ वटा लघु निर्जीवन बिमा गरी ७ वटा कम्पनीलाई नयाँ लाइसेन्स दिइएको छ ।अर्थमन्त्री जनार्दन शर्माले चुनावअघि नै नयाँ लघुबिमाको लाइसेन्स दिनका लागि बिमा प्राधिकरणलाई दबाब दिएका थिए। निर्वाचनको मत परिणाम समेत पुरा नआउदै उक्त बीमाको लाइसेन्स ठूलो व्यापारीक घरानालाई दिएका छन् ।

गत भदौ १० गते सूचना जारी गरी प्राधिकरणले लघुबिमाको लागि नयाँ लाइसेन्स लिन आवेदन माग गरेको थियो। तर निर्वाचन आयोगले नयाँ लाइसेन्स वितरणका लागि आचार संहिताले रोक लगाएको भन्दै स्पष्टीकरण माग गरेपछि नयाँ लाइसेन्स दिइएको थिएन। नयाँ लघुबिमाका लागि प्राधिकरणमा ३१ वटा कम्पनीले आवेदन दिएको थियो। तर प्राधिकरणले ७ वटा कम्पनीलाई मात्र नयाँ लाइसेन्स दिनुले पनि अर्थमन्त्रीको नजिकले मात्र लाइसेन्स प्राप्त गरेको स्पष्ट देखिन्छ।

नयाँ लघुबीमा कम्पनीमध्ये २ वटा कम्पनी शंकर ग्रुपका छन्। उक्त ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल मालिक रहेको दुईवटा कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी मोरङ, विराटनगर र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड भरतपुर, चितवन रहेका छन्।

दुवै लघु बीमा प्राधिकरणमा लाइसेन्स लिने बेलामा भने शंकर ग्रुपका दुई कर्मचारीका नाममा लिइएका छन। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सम्पर्क व्यक्तिमा गणेश अग्रवाललाई राखिएको छ भने नेपाल माइक्रो इन्स्योरेन्सको सम्पर्क व्यक्तिमा राजन केसी रहेका छन्।

नयाँ लाइसेन्स पाउनेमा लक्की ग्रुपको कम्पनी क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड विरेन्द्रनगर, सुर्खेत र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी धनगढी, कैलाली रहेका छन्। यी दुवै कम्पनी लक्की ग्रुपका अध्यक्ष सतिश मोरका आफन्त क्रमशः अमित मोर र राजिव मोरका हुन्।

खेतान ग्रुपको कम्पनी स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड जनकपुरधाम, धनुषा रहेको छ। सो कम्पनीको मुख्य व्यक्ति सुजन के राज भए पनि उनी खेतान ग्रुपकै व्यक्ति हुन्। दुईवटा नयाँ लघुबिमा कम्पनीमा साइन रेसुङ्गा ग्रुपद्वारा प्रवर्दित लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ। सोही ग्रुपका एक मनिष तिमल्सिना सम्पर्क व्यक्ति रहेको सो लघुबिमा कास्कीको पोखरामा रहेको छ।

ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका सम्पर्क व्यक्ति रचित अग्रवाल हुन् । यो कम्पनी रुपन्देहीको बुटवलमा रहेको छ। यसअघि लघुबिमा कम्पनी लाइसेन्सको अनुमति माग गर्दै ३१ वटा कम्पनीले आवेदन दिएका थिए। तर ती सबैलाई पाखा लगाउँदै ७ वटा कम्पनीले मात्र लाइसेन्स पाएका हुन्।

नयाँ लघु बिमाको लाइसेन्सका लागि जीवन लघु बिमा कम्पनीतर्फ स्वदेशी लघु जीवन बिमा, जानकी जीवन लघुबिमा, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, उन्नति माइक्रो लाइफ, लुम्बिनी लघु जीवन बिमा, मुक्तिनाथ माइक्रो फाइनान्स, गरिमा माइक्रो लाइफ इन्स्योरेन्स, सिजी लाइफ, प्रोटेक्टिभ माइक्रो लाइफ, श्रीशक्ति लघु, हिमशिखर जीवन लघु, सुरक्षा लघु जीवन र स्वर्गद्वारी लघु जीवन बिमा कम्पनीको आवेदन परेको थियो।

त्यस्तै निर्जीवनतर्फ नियो लाइट माइक्रो जनरल इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, एभरेस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड, अभियान लघु बिमा रहेका छन्। यस्तै, केयर माइक्रो जनरल इन्स्योरेन्स, स्टार माइक्रो, गण्डकी माइक्रो, सिजी इन्स्योरेन्स, गरिमा माइक्रो जनरल, मुक्तिनाथ जनरल, उन्नती र अल्फा एक्स्प्रेसको आवेदन परेको थियो।

2225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका