जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • शिखर इन्सुरेन्सले लाभांश वितरण नगर्ने घोषणा

शिखर इन्सुरेन्सले लाभांश वितरण नगर्ने घोषणा

शिखर इन्सुरेन्सले लाभांश वितरण नगर्ने घोषणा गरेको छ । शिखरले ३०% हकप्रद सेयर जारी गर्ने मुख्य एजेन्डा पेश गर्दैछ । कम्पनीले हाल कायम चुक्ता पुँजीबाट ३०% हकप्रद सेयर जारी गर्न लागेको हो ।

शिखर इन्सुरेन्सको आर्थिक वर्ष २०७४।७५ को वार्षिक साधारण सभा मंगलबार (साउन २८ गते) हुँदैछ । साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर थापाथली काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएकाे छ ।

सभा प्रयोजनका लागि शिखरले साउन १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । साउन १४ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।

सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना, सर्वसाधारणबाट २ जना र १ जना स्वतन्त्र गरी कुल ७ जनाको प्रतिनिधित्व हुने व्यवस्था मिलाउन नियमावली संशोधन गरिने प्रस्ताव पनि हुनेछ । शिखर इन्सुरेन्सले २०७४।७५ मा ३९ करोड ९२ लाख ७४ हजार ७८२ रुपैयाँ खुद नाफा कमाएको छ । यसैगरी, एनएफआरएस अन्तर्गतको वित्तीय विवरण अनुसार कम्पनीले ४५ करोड ५५ लाख ७७ हजार ९२१ रुपैयाँ नाफा कमाएको छ ।

तर, नियमनकारी प्रावधान अनुसार एनएफआरएस अन्तर्गतको वित्तीय विवरण तयार पार्दा जगेडा कोष तथा अन्य व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले आर्थिक वर्ष २०७४।७५ को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्न नसकिएको शिखर इन्सुरेन्सको भनाई छ ।

शिखर इन्सुरेन्स आवश्यकता अनुसार मर्जमा जान वा एक्वायर गर्न पनि तयार देखिएको छ । अन्य बिमा कम्पनी गाम्ने–गाभिने तथा प्राप्ति गर्नु परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ ।

5805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका