जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • उपत्यकामा जताततै रेल कुद्ने ?

आर्थिक विशेष

उपत्यकामा जताततै रेल कुद्ने ?

उपत्यकामा जताततै रेल कुद्ने ?

सरकारले अब उपत्यकाका सबै क्षेत्रमा रेल गुडाउने नीति अगाडी सारेको छ । नेपाल लगानी बोर्डले काठमाडौं पूर्व–पश्चिम (नागढुङ्गा धुलिखेल) रेलमार्ग निर्माण प्रक्रिया अगाडि सारेपछि रेल विभाग पनि उत्तर दक्षिण क्षेत्रमा रेलमार्ग बनाउन लागेको हो । रेल विभागले काठमाडौंको सातदोबाटोबाट छुटेको मेट्रो रेल फास्ट ट्याकको इन्ट्रि प्वाइन्ट मानिएको ललितपुरको खोकनाहुँदै त्यसलाई नारायगोपाल चोक भएर बुढानिलकण्ठ पुर्याउने योजना सार्वजनिक गरेको छ ।

विभागले आगामी तीन महिनाभित्रै आशायपत्र बुझाउने कम्पनीमध्येबाट सात वर्ष भित्रै उपत्यकामा मेट्रो रेल कुदाउँदै भन्दै आशयपत्र माग गरेको हो । रेल विभागले केही दिन अगाडि मागेको यस्तो आशयपत्रको लागि आगामी २५ दिनभित्रै निवेदन दिनुपर्ने गरी सार्वजनिक सूचना माग जारी गरेको छ । आयपत्र बुझाएका कम्पनीलाई नै तीन महिनामा यो रेलमार्गको सम्भाव्यता अध्ययन गर्न दिने रेल विभागले जनाएको छ ।

रेल विभागले निर्माणधिन काठमाडौं तराई दु्रतमार्गको काठमाडौंतर्फको प्रस्थान बिन्दू खोकनासँग जोडेर रेलमार्ग बनाउन लागेको देखिन्छ । यसो हुँदा भारतबाट आउने रेलमार्ग र चीनबाट आउने रेलमार्गलाई चोभारमा जोड्ने र द्रुतमार्गलाई खोकनामा जोड्ने विभागको योजना देखिन्छ । यो अत्यन्तै खुशी र स्वागत योग्य कदम मान्नै पर्दछ ।

चीन तथा भारतबाट आउने रेलमार्गसँग पनि जोडिने र काठमाडौंबाट तराई जाने यात्रुका लागि पनि यो प्रस्तानविन्दूसम्मको रेलमार्गले सहज बनाउने बुझाइ रेल विभागको छ । रेलमार्ग बनेपछि काठमाडौंको बुढानिलकण्ठबाट तराई जाने यात्रुको लागि सबैभन्दा सहज र छिटोहुने माध्यम नै काठमाडौं मेट्रोरेल र त्यसपछि द्रुतमार्गको प्रयोग हुन सक्ने भएकोेले विभागले विकल्प खुला गर्न खोजेको प्रस्टै छ ।

रेल विभागले मागेको प्रस्तावमा रेल मार्ग निर्माण, सञ्चालन तथा मर्मतको लागतसहितको विवरण अध्ययन प्रतिवेदनमा उल्लेख गर्नुपर्ने सर्त राखेर राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय आवेदनकबाट आवेदन माग गरेको हो । आवदेन दिने कम्पनीले वातावरणीय अध्ययन, आयोजनाको आर्थिक विश्लेषणसहितको विवरण पेश गर्नुपर्ने छ । यो योजनाको अध्ययन गर्न रेल विभागले सन् २०१९ को सेप्टेम्बरसम्मको समय दिने भएको छ । सोही प्रतिवेदनका आधारमा रेलमार्ग निर्माणको थप योजना र कार्यक्रम रेल विभागले अगाडि सार्ने देखिन्छ ।

सहरमा रेल कुँदाउने योजना औपचारिक रूपमा अगाडि बढाउँन रेल विभागले यस अघि सातदोबाटो–रत्नपार्क–नारायण गोपाल चोक रुटमा मेट्रो रेलको अध्ययन गर्न रेल विभागले एक महिनाको समय दिएर इच्छुक कम्पनीबाट प्रस्तावको पनि माग गरेको थियो ।

जे भएपनि स्थानीय सरकारले रेल ल्याउने योजना जसरी अगाडी ल्याएको छ । यो खुशीको कुरा हो । तर, रेल कहिले आउने हो यो चासोको विषय हो । यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल खरिदका लागि मूल्यांकन प्रक्रिया अन्तिम चरणमा पुर्याएको देखिन्छ । मन्त्रालय स्रोतका अनुसार सात दिनभित्र मूल्यांकन प्रक्रिया सकिने बित्तिकै मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्ने बित्तिकै भारत सरकारको रेल विभागसँग अन्तिम सम्झौता हुने भएको छ । उक्त रेल जनकपुर–जयनगर खण्ड (३५ किमि) मा रेल दुई वटा रेल कुद्ने भएका छन् ।

भारत सरकारबाट रेलको‘स्पेसिफिकेसन’ आइसकेको रेल खरिद प्रक्रिया नेपाल र भारत सरकारबीच हुनेछ । उक्त रेल प्रतिघण्टा सय किमि गतिमा कुद्नेछ । जनकपुर रेल्वे विस्तार तथा स्तरोन्नति परियोजना भारतको आर्थिक र प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ ।

जयनगर–जनकपुर–बर्दिबासमा १० अर्ब रुपैयाँ लागतमा ब्रोडगेज रेलमार्ग निर्माणाधीन छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले रेल खरिद गर्ने निर्णय गरेको थियो । एउटा रेल खरिद गर्न करिब ५० करोड लाग्ने जनाएकोे छ । दुवै रेल आधुनिक हुनेछन् । एक पटकमा एउटा रेलले १ हजार २ सय यात्रु बोक्नेछ । हाल जनकपुर–जयनगर खण्डमा मालवाहक रेल मात्र गुड्छ ।

सरकारले काँकडभिट्टा–बर्दिबास–सिमरा–बुटवल खण्ड (६ सय ३८ किमि) को विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरिरहेको छ । बुटवल–गड्डाचौकी खण्डको ४ सय ९ किमिको ९५ प्रतिशत डीपीआर तयार भइसकेको जनाएको छ ।
काठमाडौं–वीरगन्ज रेलमार्गको सम्भाव्यता अध्ययनका लागि भारतीय परामर्शदाताबाट काम भइरहेको र केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन चिनियाँ पक्षबाट, जयनगर–जनकपुर–बर्दिबास (६९ किमि) मध्ये जयनगर–जनकपुर–बिजुलपुरा (५२ किमि) मा ट्रयाक वेड, संरचना, रेलको ९५ प्रतिशत काम भइसकेको रेल विभागले जनाएको छ । जनकपुर–जयनगर–कुर्था (३५ किमि) रेल सेवा केही दिनभित्रै सुरु गर्नै भएको छ ।

जे भएपनि आगामी १ वर्ष भित्रै २ वटा अत्याधुनिक रेल चल्ने सरकारको दाबी छ । यो अत्यन्तै स्वागत योग्य कुरा मान्ने पर्छ । र रेल चढेर हिड्न पाउनु हाम्रो सोभाग्य नै हुने छ नि कि कसो ?

12195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका