जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • सेन्ट्रल फाइनान्सको लाभांश घोषणा

सेन्ट्रल फाइनान्सको लाभांश घोषणा

सेन्ट्रल फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ३ गते आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८ / ०७९को मुनाफाबाट बितरण गर्न लाभांश प्रस्ताव गरेको हो।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी रु.९४,८८,७५,४५८. ७२ को ५ प्रतिशतले हुने रु. ४,७४,४३,७७२.९४ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। नेपाल राष्ट्र बैंकले स्बावीकृति दिएपछि र कम्पनीको आगामी २६ औं बार्षिक साधारण सभाले अनुमोदन गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ।

कम्पनीले आइतबार लाभांशबारे निर्णय गरेर आज बुधबार मात्र सार्वजनिक गरेपछि नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का राख्दै स्पष्टिकरण सोधेको छ । लाभांश बारे गरेको निर्णय सोहि दिन वा अर्को दिन बजार खुल्नु भन्दा अगाडी दिनु पर्ने ब्यबस्था छ । कम्पनीले लाभांश बारेको निर्णय चौथो दिन मात्र जानकारी गराएपछि नेप्सेले कम्पनीलाई स्पष्टीकरण सोध्दै कारोबार रोक्का गरेको हो ।

आज कम्पनीको ५ वटा कारोबारबाट ५१० कित्ता शेयर कारोबार भएको छ । त्यसपछि नेप्सेले कारोबार रोक्का राखेको हो ।

4595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका