जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कुमारी बैंकका ग्राहकहरुले दराजको ११.११ मा सामानको अग्रिम भुक्तानी गर्दा २०% सम्म छुट पाउने

कुमारी बैंकका ग्राहकहरुले दराजको ११.११ मा सामानको अग्रिम भुक्तानी गर्दा २०% सम्म छुट पाउने

कुमारी बैंकका ग्राहकहरुले इ-कमर्स कम्पनी दराजबाट सामान किन्दा छुट पाउने भएका छन्। दराजको ११.११ अभियानमा ग्राहकहरुले छुट पाउने बैंकले जनाएको छ। योजना नोभेम्बर ११ देखि लागू हुनेछ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ प्रमुख अनिष ताम्राकार र दराजको पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन्।

११.११ को अवधिमा दराजबाट सामान खरिद गर्दा कुमारी बैंकको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सय रुपैयाँसम्म र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३ हजार रुपैयाँसम्मको छुट पाउने बैंकले जनाएको छ।

कुमारी बैंकमा खाता रहेका ग्राहकहरुले माथि उल्लेखित पूर्वभुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र हुने बताइएको छ। बैंकले देशभर १९९ शाखा सञ्जाल, १९५ एटीएम, ५३ शाखारहित बैंकिङ  तथा २४ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिइरहेको छ।

4320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका