जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • माछापुच्छ्रे बैंकको साधारणसभा पुस २९ गते

माछापुच्छ्रे बैंकको साधारणसभा पुस २९ गते

माछापुच्छ्रे बैंकले २४ औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंक सञ्चालक समितिको बिहीबार (पुस ७ गते) बसेको बैठकले यही पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्राकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७८–७९ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। यो आर्थिक वर्ष अन्त्यसम्म कायम वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश प्रदान नगर्ने निर्णय बैंकले गरेको थियो।

सभाले सञ्चालक समितिका संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ। सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्न, गाभिन र प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सोसम्बन्धी निर्णय गर्न तथा आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभा प्रयोजनका लागि बैंकले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १४ गते (पुस १५ गते शुक्रबार र १६ गते शनिबार)सम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको सभामा भाग लिन योग्य हुनेछन्।

4455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?