जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बैंकलाई ३०% कर लगाउनु कारबाही गरे सरह होः गोल्यान

बैंकलाई ३०% कर लगाउनु कारबाही गरे सरह होः गोल्यान

सिबिफिनका अध्यक्ष पवन गोल्यानले बैंकिङ क्षेत्रका लागि ३० प्रतिशत कर लगाउनु कारबाही गरे सरह भएको बताएका छन् ।

उनले २९ हजार मानिसले काम गर्ने क्षेत्रलाई ३० प्रतिशत कर लगाउनु उचित नभएको टिप्पणी गरे ।

‘कर बढी आउँछ भनेर बढी कर लगाएको जस्तो भएको छ, कर घटाउनुपर्छ,’ उनले भने, ‘यो त हामीहरुलाई कारबाही गरेजस्तो लागेको छ ।’

बैक तथा वित्तीय संस्थाका अप्ठ्यारा तथा चुनौतिहरु र सम्बोधनका लागि सुझाव प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै गोल्यानले कस्ता बैंक चाहिने हो यस विषयमा राष्ट्र बैकको प्रष्ट नीति ल्याउनु पर्ने बताए ।

उनले ख र ग वर्गलाई बन्द गर्नु भन्दा पनि जोगाउन आवश्यक रहेको तर्क गरे ।

कार्यक्रममा उनले ब्यालेन्स अफ पेमेन्ट घटेकाले अहिले ठूलो क्राइसिस देखिन लागेको बताए ।

हरेक आयातमा क्यास मार्जिन लगाउन आवश्यक रहेको रहेको उनको भनाइ छ । उनले कृषि उपज आयातलाई महंगो बनाउन आवश्यक रहेको समेत बताए ।

उनले स्प्रेडदर ३ प्रतिशतमा सीमित हुनुपर्ने भन्दै भनेर उद्योगीले भन्ने तर गाली बैंकले खाने गरेको भन्दै कृषि र अन्य क्षेत्र, उद्योगमा जाने कर्जा समान हुन नहुने बताए ।

आयात प्रतिस्थापन कर १५ प्रतिशत र कृषि उपजमा कर बढाउन उनले आग्रह समेत गरेका छन् ।
विदेशी सामान महंगो भए नेपाली उत्पादन बढने बताए । आयात कम हुँदा तरलताको समस्या समाधान हुने उनको भनाइ छ ।

अध्ययन कार्यदलका सदस्य बीएन घर्तीले सहकारीको अनुगमन गर्न सयन्त्रको आवश्यक रहेको बताए । राष्ट्र बैंकमा विभाग खोलेर र प्राधिकरण गठन गरेर मनिटरिङ गर्न आवश्यक रहेको घर्तीको भनाइ छ । सहकारीले अर्थतन्त्र निर्माणमा सहयोग गरेको भएपनि मनिटरिङ आवश्यक रहेको उनको भनाइ छ ।

सहकारीले करिब ५ खर्ब बराबरको बचत तथा करिब ४ खर्ब ५० अर्ब जति ऋण परिचालन गरेको तथा करिब ७२ लाख सदस्य आबद्ध भएको र ३० हजार बचत तथा ऋण सहकारी सञ्चालनमा छन् ।

‘केही ठूला सहकारीले बैंकहरुले जस्तो ठूलो कारोबार गरेका छन् । तर,बैंकहरुमा जस्तो नीति कार्यविधि छैनन् त्यस्तै गरी अनुभव भएका कर्मचारी कम छन् । जसले जोखिम बढाएको छ । यसमा नियमन हुन आवश्यक छ,’घर्तीले भने ।

उनले सहकारीको राष्ट्रिय अर्थतन्त्रमा योगदान भने निकै ठूलो भएको बताए ।

उनले बैंकले पैसा छापे भन्ने मनस्थिति रहेको भन्दै यो मनस्थिति त्याग्न समेत आग्रह गरे ।

4555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका