

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ । १२ पुसमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८.६५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.४५५३ प्रतिशत नगद लाभांश गरि कुल ९.१०५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वाषिर्क साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।