जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एनआईबिएल ग्रोथ फण्डमा आकर्षण बढ्दो

एनआईबिएल ग्रोथ फण्डमा आकर्षण बढ्दो

एनआईबिएल ग्रोथ फण्डमा आकर्षण बढ्दो देखिएको छ । चौथो दिनमा नै कुल निष्कानशको ५० प्रतिशतभन्दा बढी इकाईको लागि आवेदन परेको हाे ।

‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत संचालन हुने पाँचौ योजना ‘एनआईबिएल ग्रोथ फण्ड’ पुस ७ गते बाट सार्वजनिक निश्काशनमा रहेको छ । योजनाको सार्वजनिक निष्काशन पुस २१ गतेसम्म रहनेछ ।

यस अघि निष्काशित अन्य समुहिक लगानी कोष योजनाहरुको तुलनामा यस योजनामा लगानीकर्ताहरु उत्साहपूर्वक सहभागिता बढ्दै गईरहेको र शेयर बजारमा आएको सिथिलताको बाबजुद सार्वजनिक निष्काशनको चौथो कार्यदिन दिन सम्ममा यस योजनाको कुल १६ करोड इकाई मध्ये ५० प्रतिशत भन्दा बढी, ८.६३ करोड इकाईको लगी आवेदन प्राप्त भईसकेको जनाएको छ ।

यस योजनामा लगानीकर्ताहरूले न्यूनतम १०० र अधिकतम १ करोड ६० लाख इकाईको लागि आवेदन दिन सक्नेछन् । ईच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम १ हजार देखि अधिकतम १६ करोड सम्म लगानी गर्न सक्नेछन् । लगानीकर्ताहरुले आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन दिन सक्नेछन् ।

यस योजनाको समयावधि १० वर्षको रहेको छ । यो हाल सम्मकै सबैभन्दा ठुलो म्युचुअल फण्ड योजनाको सार्वजनिक निष्काशन समेत रहेको छ । योजनाको अवधि भर यस योजनाले बार्षिक प्रतिफलको रुपमा २०.२५ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।

1765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?