जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा ६ वटा रिट, मंसिर ४ गतेका लागि तोकियो पेशी

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा ६ वटा रिट, मंसिर ४ गतेका लागि तोकियो पेशी

काठमाडौं। टिकटक प्रतिबन्धविरुद्धको रिटमा मंसिर ४ गते सुनुवाइ हुने भएको छ। टिकटक प्रतिबन्ध गर्ने सरकारी निर्णयविरुद्ध परेका रिटमा सुनुवाइ गर्न ४ गतेका लागि पेशी तोकिएको छ।

२ गते शनिबार र ३ गते आइतबार छठ पर्वका कारण सार्वजनिक बिदा भएकाले सर्वोच्च प्रशासनले ४ गतेका लागि पेशी तोकेको हो।

मन्त्रिपरिषद्को कात्तिक २७ गते बसेको बैठकले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यसविरुद्ध सर्वोच्चमा ६ वटा रिट दायर भएका छन्। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरु सुनीलरञ्जन सिंह, सरिता थापा लगायतले रिट निवेदन दायर गराएका हुन्।

4190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका