जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सीइओ र संचालकहरुले एक प्रतिशत भन्दा बढि शेयर खरिद गर्दा अनिवार्य प्रहरी रिर्पोट, बिमितले इच्छाएको व्यक्तिको सरकारी परिचय–पत्रको सक्कल अब अनिवार्य पेश गर्नुपर्नेः रिलायन्स लाईफको नक्कली बीमा लेख भुक्तानी काण्डले नेपाल बीमा प्रधिकरणको आँखा खुल्यो ?

सीइओ र संचालकहरुले एक प्रतिशत भन्दा बढि शेयर खरिद गर्दा अनिवार्य प्रहरी रिर्पोट, बिमितले इच्छाएको व्यक्तिको सरकारी परिचय–पत्रको सक्कल अब अनिवार्य पेश गर्नुपर्नेः रिलायन्स लाईफको नक्कली बीमा लेख भुक्तानी काण्डले नेपाल बीमा प्रधिकरणको आँखा खुल्यो ?

नेपाल बीमा प्राधिकरणले ढिलै भएपनि एउटा महत्वपूर्ण र सकारात्मक निर्णय गरेको छ भन्दा अब फरक पर्दैन । नेपाली बीमा प्राधिकरणले रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीको २ करोड भन्दा बढिको नक्कली बीमा लेख भुक्तानी गरेको काण्ड पछि पाठ सिक्दै एउटा महत्वपूर्ण निर्देशन जारी गरेको भेटिएको छ । नेपाल बीमा प्राधिकरणले अब उप्रान्त बीमा कम्पनीका सीइओ साब र संचालकहरुले एक प्रतिशत भन्दा बढि शेयर खरिद गर्दा पुलिस रिर्पोट अनिवार्य गर्दै बीमा लेख भुक्तानीमा बीमा लेखको भुक्तानी पाउने इच्छाएको परिवार वा व्यक्तिको नाता खुल्ने सक्कली कागज–पत्र पेश गर्न निर्देशन नै जारी गरेको भेटिएको छ । त्यो पनि सरकारी परिचय–पत्र हुनु पर्ने भनेको देखिन्छ । आर्थिक बजार डटकमले रिलायन्स लाईफ इन्स्योरेन्स र सूर्य ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका बेतिथिका बारेमा समाचार दिएपछि नेपाल बीमा प्राधिकरणले बाध्य भएर यो निर्देशन जारी गरेको भन्दा अन्यथा नहोला ।

नक्कली श्रीमती बनि एउटा गिराह नै खडा गरि बीमितको हत्या गरिएको थियो । यो जीवन बीमा कम्पनी भित्रैकै डरलाग्दो घटना भनिन्छ । अर्को कुरा के छ भने मर्जरको नाममा नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीका सयौं गल्तीलाई थाँती राखी मर्जरको स्वीकृत दिएका समाचार आर्थिक बजारन्यूज डटकमले लगातार दिँदै आएपछि बीमा प्राधिकरण आक्रमक निर्देशन जारी गर्न बाध्य भएको भेटिएको छ ।

केही महिना अगाडी रिलायन्स लाईफ इन्स्योेरेन्समा नक्कली श्रीमती बनेर २ करोड भन्दा बढिको बीमा लेखको भुक्तानी भएको थियो । नक्कली श्रीमती बनि एउटा गिराह नै खडा गरि बीमितको हत्या गरिएको थियो । यो जीवन बीमा कम्पनी भित्रैकै डरलाग्दो घटना भनिन्छ । अर्को कुरा के छ भने मर्जरको नाममा नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीका सयौं गल्तीलाई थाँती राखी मर्जरको स्वीकृत दिएका समाचार आर्थिक बजारन्यूज डटकमले लगातार दिँदै आएपछि बीमा प्राधिकरण आक्रमक निर्देशन जारी गर्न बाध्य भएको भेटिएको छ । अर्थमन्त्रीज्यू हेक्का होस् । नेपाल जीवन बिमक संघले नेपाल बीमा प्राधिकरणलाई अनावश्यक कुरामा दबाब दिँदै आएपछि नेपाल बीमा प्राधिकरणले केही गलत काम गर्दै आएको भेटिएको छ । अहिले जीवन बिमक संघ नेपालका नयाँ अध्यक्ष पोषक राज पौडेल आएका छन् । उनीले कस्तो भूमिका खेल्ने हुन त्यो हेर्न बाँकी छ । १८ जीवन बीमा कम्पनीहरुले आफ्ना स्वार्थ अनुसारका काम गर्न बीमा प्राधिकरणलाई दबाब दिनु अनौठो कार्य हो । भन्दा अब फरक र्पैदन । दबाबमा आएर नेपाल बीमा प्राधिकरणले सबै कुरामा जीवन बीमा कम्पनीलाई छुट दिनु आर्थिक चलखेल हो भन्दा अब फरक पर्दैन । बीमितले बीमा पोलिसीमा इच्छाएको व्यक्ति उल्लेख गर्दा सम्बन्धित व्यक्तिको सरकारी सक्कल विवरण नै पेश गर्नु पर्ने नयाँ व्यवस्था गरिएको देखिन्छ । नेपाल बीमा प्राधिकरणले बीमालेखमा हितग्राही÷मनोनित उल्लेख गर्दा निजको पहिचान सम्बन्धी कागजात नागरिकता वा सरकारकी निकायबाट जारी परिचय खुल्ने अन्य कागजात अनिवार्य लिनुपर्ने व्यवस्था गरेको देखिन्छ ।

नेपाल बीमा प्राधिकरणले २५ लाख भन्दा बढी बीमाङ्क कायम गरी जारी हुने जीवन बीमालेखमा इच्छ्याइएको व्यक्तिसँगको सम्बन्ध खुल्ने कागजजात अनिवार्य लिनु पर्ने व्यवस्था गरिदिएको भेटिएको छ । आवेदन फारममा इच्छाइएको व्यक्तिको नाम मात्रै राखिदिदा फर्जी काम भएको पाइए पछि नेपाल बीमा प्राधिकरणले इच्छाइएको व्यक्तिसँगको सम्बन्धलाई पनि आधिकारिक काजगात मार्फत खुलाउनु पर्ने व्यवस्थान जीवन बीमा कम्पनीलाई निर्देशन नै जारी गरेको देखिन्छ ।

इच्छाएको व्यक्ति उल्लेख गर्दा बीमा कम्पनीले नाम मात्रै उल्लेख गर्दै आएका देखिन्छ । रिलायन्स लाइफ इन्स्योरेन्सको सर्जन विक घटना पछि बीमा प्राधिकरणले यस्तो कडाइ गरेको हो । रिलायन्स लाइफले अण्डराइटिङमा वेवास्था गर्दा निर्दोस व्यक्तिको हत्या भए पनि पुरै बीमा क्षेत्रमै अविश्वास बढेको र बीमाबाट जनता टाढा हुने परिस्थिति उत्पन्न हुँदै गएको भेटिएको छ । बीमा कम्पनीहरुले बीमा गर्दा इच्छाएको व्यक्तिको विवरणमा खासै वास्था गरेको पाइदैन । आवेदन फारममा इच्छाइएको व्यतिको नाम सम्बन्ध लेखेकै भरमा बीमा गर्दा यसले भविष्यमा ठुला ठुला घटना घट्ने निश्चित देखिन्छ । नेपाल बीमा प्राधिकरणले २५ लाख भन्दा बढी बीमाङ्क कायम गरी जारी हुने जीवन बीमालेखमा इच्छ्याइएको व्यक्तिसँगको सम्बन्ध खुल्ने कागजजात अनिवार्य लिनु पर्ने व्यवस्था गरिदिएको भेटिएको छ । आवेदन फारममा इच्छाइएको व्यक्तिको नाम मात्रै राखिदिदा फर्जी काम भएको पाइए पछि नेपाल बीमा प्राधिकरणले इच्छाइएको व्यक्तिसँगको सम्बन्धलाई पनि आधिकारिक काजगात मार्फत खुलाउनु पर्ने व्यवस्थान जीवन बीमा कम्पनीलाई निर्देशन नै जारी गरेको देखिन्छ ।

नेपाल बीमा प्राधिकरणले यस्तै घटनालाई समेत संबोधन गर्दै सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बीमकले अपनाउने पर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारण बनाउन तथा बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई कम गर्न यस्तो निर्देशन जारी गरेको हो भन्दा अब फरक पर्दैन । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीका सञ्चालक, प्रमुख कार्यकारी अधिकृतदेखि लिएर एक प्रतिशत भन्दा माथिको स्वामित्व हुने गरी शेयर खरिद कर्ताले समेत प्रहरी प्रतिवेदन पेश गर्नु पर्ने भएको छ । बीमा कम्पनीमा संलग्न प्रमुख व्यक्तिहरुको पनि अपराधिक क्रियाकलापमा संलग्नता नहोस् अर्थात यस्ता क्रियाकलापमा संलग्न व्यक्तिले बीमा कम्पनीमा प्रवेश नपाउन् भनेर पनि यो निर्देशन जारी गरिएको छ भन्दा फरक पर्दैन । जे भएपनि नेपाल बीमा प्राधिकरणले ढिलै भएपनि यी दुई वटा महत्वपूर्ण निर्देशन दिनुलाई सर्वत्र चासो र चर्चा कमाएको छ भन्दा फरक पर्दै । जनताका सम्पत्तीमा जे पनि गर्ने छुट जीवन बीमा कम्पनीहरुलाई छैन । यो २१ औं शताब्दी हो । हेक्का होस् । सचेत भया ।

2095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका