जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • विदेशबाट मोबाइल ल्याउँदा कडाई नगर्न प्रधानमन्त्रीको निर्देशन

विदेशबाट मोबाइल ल्याउँदा कडाई नगर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट ल्याइने उपहारका मोबाइलमा गरिएको कडाई तत्काल कार्यान्वयन नर्गन निर्देशन दिएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट मोबाइल ल्याउँदा थप कडाई गर्ने गरि नयाँ नियम ल्याएसँगै अर्थमन्त्रीलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले सो नियम तत्काल लागू नगर्न निर्देशन दिएका हुन् ।

‘विदेशबाट मोबाइल ल्याउँदा कडाई नगर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो’, प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले भने, ‘तत्कालका लागि विदेशबाट मोबाइल ल्याउने प्रक्रिया पुरानै लयमा चल्न दिन निर्देशन गरिएको छ ।’

हाल विदेशबाट मोबाइल ल्याउँदा १८ प्रतिशत भन्सार अनिवार्य रुपमा तिुर्नपर्ने नियम लागू गरेसँगै विदेशमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ अभियान चलाएका छन् । सामाजिक सञ्जालमा ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै उनीहरुले विरोध जनाइरहेका हुन् ।

1020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका