जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • लक्ष्मी बैंकद्वारा महिलाका लागि छात्रवृत्ति कार्यक्रम, विपन्न महिलालाई केयुमा पढ्न सहयोग गर्न

लक्ष्मी बैंकद्वारा महिलाका लागि छात्रवृत्ति कार्यक्रम, विपन्न महिलालाई केयुमा पढ्न सहयोग गर्न

लक्ष्मी बैंकले काठमाडौं विश्वविद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ वा गणित विषयमा स्नातकोत्तर वा विद्यावारिधि अध्ययन गर्न चाहने महिलालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।

बैंकले आफ्नो २०औं वार्षिकोत्सवको प्रतिबद्धता स्वरुप काठमाडौं विश्वविद्यालयसँग समझदारी गरेको हो।

समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह तथा काठमाडौं विश्वविद्यालय इन्डेमेन्ट ड्राइभ समितिका संयोजक प्रा. डा. विपिन अधिकारीले हस्ताक्षर गरेका छन्।

छात्रवृत्तिमार्फत लक्ष्मी बैंकले आर्थिकरुपमा विपन्न तथा जेहेन्दार महिला विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग गर्नेछ। छात्रवृत्ति पाउन योग्य विद्यार्थीको छनोट सम्बन्धी प्रक्रिया काठमाडौं विश्वविद्यालयकै मातहतमा हुनेछ भने बैंकले छात्रवृत्तिका लागि आर्थिक सहयोग प्रदान गर्ने तथा त्यसको प्रवर्द्धन गर्नेछ।

छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि बैंकले १ करोड रुपैयाँ बराबरको अक्षयकोषको स्थापना गर्नेछ। कोषमा प्राप्त हुने ब्याजको ५० प्रतिशत रकम कोषमै थप हुने र बाँकी ५० प्रतिशत रकम विद्यार्थीको अध्ययन सम्बन्धी खर्च व्यहोर्न प्रयोग हुनेछ।

लक्ष्मी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व रणनीति अन्तर्गतको प्रमुख प्राथमिकतामा रहेको लैंगिक समानताको उत्थानका लागि छात्रवृत्ति दिन लागेको हो।

3835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका