जोडिनुहोस
सोमवार, बैशाख २४, २०८१
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • नेपाल लाइफ क्यापिटलले आयोजना गर्‍यो जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम

नेपाल लाइफ क्यापिटलले आयोजना गर्‍यो जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम

नेपाल लाइफ क्यापिटलले मधेश प्रदेशको जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा जनकपुरमा शेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे सहभागीलाई साक्षर गराउने उद्धेष्यले “लगानीका आधारभूत विशेषता, धितोपत्र बजार र जोखिम व्यवस्थापन” विषयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

नेपाल धितोपत्र बोर्डका निर्देशक हरिप्रसाद भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न कार्यक्रममा नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत नविन बाँस्कोटाले लगानीका क्षेत्र र शेयर बजारको महत्व बारे प्रकाश पारेका थिए ।

उनले निम्न आय भएका व्यक्तिले सेयर बजारमा कसरी पहुँच पुर्‍याउन सक्छन् र यस्तो बजारबाट सर्वसाधारणले कसरी लाभ लिन सक्छन् भन्ने विषयमा जोड दिएका थिए।

त्यसैगरी कोष प्रबन्धक नवराज सिलवालले सेयर बजारको महत्व, यसले कसरी काम गर्छ र लगानीका थप क्षेत्रहरू के हुन् भन्ने बारेमा जानकारी दिएका थिए ।

उनले धितोपत्र बजारमा हुने जोखिम, बजारमा लगानीलाई कसरी पृथकीकरण गरी जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा पनि प्रकाश पारेका थिए ।

नेपाल लाइफ क्यापिटलका अधिकृत विज्ञान नेपालले डिम्याट, ब्रोकर, सेयर बजार र जोखिम विश्लेषणको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रका गरी १०८ जनाको सहभागिता थियो ।

1385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका