जोडिनुहोस
बुधबार, जेष्ठ २०, २०८३
बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको दाबी, कर्मचारीको तलब २१ प्रतिशत नै वृद्धि भएको स्पष्टोक्ति

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको दाबी, कर्मचारीको तलब २१ प्रतिशत नै वृद्धि भएको स्पष्टोक्ति

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट पूर्ण रूपमा कार्यान्वयन हुने दाबी गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले “बजेट कार्यान्वयन हुँदैन” भन्ने परम्परागत धारणा अब अन्त्य हुने भन्दै सरकारले प्रभावकारी रूपमा काम गरिरहेको बताए । सरकारले असाधारण काम गरेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयनको विषयलाई लिएर आलोचना गर्न अझै समय बाँकी रहेको टिप्पणी गरे ।

यसै गरी, सरकारी कर्मचारीहरूको तलब वृद्धिका विषयमा बजारमा फैलिएका विभिन्न भ्रम र गलत बुझाइलाई खण्डन गर्दै अर्थमन्त्री वाग्लेले तलब वृद्धि २१ प्रतिशत नै भएको स्पष्ट पारेका छन् । उनले यस २१ प्रतिशत वृद्धिमा थप पाँच हजार रुपैयाँ महँगी भत्ता समेत समावेश हुने जानकारी दिँदै भने, “तलब वृद्धि २१ प्रतिशत नै हो, यसमा कोही ढाँटिएको छैन ।”

पत्रकार सम्मेलनमा बजेटको आकारका बारेमा स्पष्ट पार्दै उनले यस वर्षको बजेट कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा ठूलो नभई उल्टो सानो रहेको बताए । बजेटलाई बाहिर अनावश्यक रूपमा ठूलो देखाउन खोजिए पनि वास्तविकता त्यस्तो नरहेको उनको भनाइ थियो । अर्थमन्त्री वाग्लेका अनुसार सरकारले लिने सार्वजनिक ऋणको एउटा ठूलो हिस्सा पुराना ऋणहरू तिर्नका लागि प्रयोग हुनेछ, जसअन्तर्गत यस वर्ष मात्रै करिब ३१८ अर्ब रुपैयाँ पुराना ऋणको भुक्तानीमा खर्च हुनेछ । उनले सरकारले ल्याएको बजेट पूर्ण रूपमा सन्तुलित र कार्यान्वयनयोग्य भएको दाबी गर्दै आगामी महिनाहरूमा यसको सकारात्मक प्रभाव र नतिजा मैदानमा देखिने विश्वास व्यक्त गरे ।

75
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका