एनआइसी एशियाले नबिल बैंकलाई सेयर मूल्यमा जितेका छ । नबिल बैंकलाई उछिन्दै एनआइसी सेयर बजारमा सबैभन्दा महँगो सेयर मूल्य हुने वाणिज्य बैंक बनेको छ ।
१८.५ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएपछि नबिल बैंकको सेयर मूल्य घटेको हो ।
सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नबिल बैंकको अन्तिम सेयर काराेबार मूल्य प्रतिकित्ता ७३९ रुपैयाँ रहेको छ भने एनआइसीको ७६५ रुपैयाँ रहेको छ । नेप्सेमा सूचीकृत २५ वटा वाणिज्य बैंक मध्ये यो सबैभन्दा धेरै हो ।
हरेक वर्ष सेयरधनीलाई राम्रो लाभांश दिँदै आएको नबिल बैंकको सेयर मूल्य बढ्न सकेको छैन भने एनआइसी एशियाले विगत दुई वर्षदेखि लाभांश दिनसकेको छैन ।