जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रुडेन्सियल इन्स्योरेन्सको स्थगित साधारण सभा आइतवार हुँदै

प्रुडेन्सियल इन्स्योरेन्सको स्थगित साधारण सभा आइतवार हुँदै

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको स्थगित १९औं वार्षिक साधारण सभा आइतवार हुने भएको छ ।

सभा बिहान ११ बजे होटल इच्छा प्राइभेट लिमिटेड सिमरा बारामा हुने कम्पनीले जानकारी गराएको छ । सभाले ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले ८ प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीमा कम्पनीको संस्थापक शेयरधनीको समूहमा ६० प्रतिशतको शेयर स्वामित्व र सर्वसाधारणको ४० प्रतिशत रहेकोमा संस्थापक शेयर स्वमत्वि ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशतमा परिणत गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

वैशाख १८ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । यसअघि कम्पनीले जेठ २ गतेका लागि साधारण सभाको मिति तय गरेकोमा कोरोना भाइरस महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञाका कारण स्थगित भएको थियो ।

3860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?