जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मर्जपछि हिमालयन एभरेष्टको व्यवसाय झनै फराकिलो

मर्जपछि हिमालयन एभरेष्टको व्यवसाय झनै फराकिलो

मर्जपछि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी व्यवसाय विस्तारमा आक्रामक देखिएको छ । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जभई बनेको कम्पनीले व्यवसाय फराकिलो बनाउँदै गएको हो ।

यी दुवै कम्पनीले मर्जपछि गत साउन १ गतेदेखि एकीकृत कारोबार सुरु गरेका थिए । एकीकृत कारोबारपछि हालसम्म अर्थात चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिनाको अवधिमा कम्पनीले कुल १ अर्ब १० करोड २५ लाख ८३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

जुन एकीकृत कारोबारको पहिलो महिना अर्थात साउनको तुलनामा भने २१२.५८ प्रतिशतले बढी हो । चालु आवको पहिलो महिनामा कम्पनीले ३ करोड ३१ लाख ९८ हजार रुपैयाँ मात्रै कुल बीमा शुल्क आर्जन गरेको थियो । सो अवधिमा कम्पनीले १८ हजार ७१३ बीमालेख जारी बिक्री गरेको थियो ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार चालु आवको पाँच महिनामा कम्पनीले १ लाख ३ हजार ७७३ बीमालेख बिक्री गरेको देखिएको छ । मंसिर महिनामा मात्रै कम्पनीले १९ करोड २९ लाख ४१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो महिनामा कम्पनीले २० हजार ८१७ बीमालेख जारी गरेको हो ।

प्राधिकरणको तथ्याङ्क अनुसार एकीकृत कारोबारको दोस्रो महिना अर्थात भदौमा कम्पनीले ५६ करोड ३० लाख २५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । सो महिनामा कम्पनीको कुल जारी बीमालेखको संख्या ३९ हजार ७३४ रहेको छ ।
यस्तै, असोज महिनामा ७३ करोड ३४ लाख ७३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । सो महिनामा कम्पनीले ६१ हजार ५१८ बीमालेख जारी गरेको थियो ।

यस्तै, गत कात्तिकमा भने कम्पनीले ९० करोड ९६ लाख ४३ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गर्न सफल भएको छ । कात्तिकमा कम्पनीले ८२ हजार ९५६ बीमालेख जारी गरेको थियो ।

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले एक आपसमा मर्जरमा जानका लागि गत बैशाख २३ गते सम्झौता गरेका थिए । यी दुवै कम्पनीको मर्जर स्वाप रेसियो १००ः८५ तय भएको थियो ।

1725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?