जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नबिल बैंकको डीजीएम बने गणेश अवस्थी

नबिल बैंकको डीजीएम बने गणेश अवस्थी

नबिल बैंकका गणेश प्रसाद अवस्थी नायव महाप्रबन्धक (डीजीएम) पदमा बढुवा भएका छन् । बैंक सञ्चालक समितिको बैठकले अवस्थीलाई डीजीएममा नियुक्त गरेको बैंकले जनाएको छ ।

यसअघि बैंकको प्रमुख व्यापार अधिकृत अर्थात् सहायक महाप्रबन्धक रहेका अवस्थी डीजीएममा नियुक्त भएका हुन् ।

विभिन्न वाणिज्य बैंकमा २ दशक बढी काम गरेको अनुभव सँगालेका अवस्थी विगत ३ वर्षदेखि सहायक महाप्रबन्धक पदमा कार्यरत थिए । क्रेडिट तथा निक्षेप परिचालनमा दख्खल अवस्थीले सन् २००१ मा तत्कालिन एनआईसी बैंकबाट बैंकिङ्ग करियर सुरु गरेका हुन् ।

कुमारी बैंकको शाखा प्रमुख भएर काम गरेका उनी सन् २००८ मा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । ग्लोबल आइमएई बैंकमा १३ वर्ष बढी काम गरेपश्चात् नबिल बैंक प्रवेश गरेका हुन् ।

विभिन्न बैंकिङ्ग फोरमहरुमा सहभागी अवस्थी क्रेडिट व्यवस्थापन, व्यवसायीक क्षमता र ग्राहक सेवामा बढी केन्द्रित छन् । उनले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्र र व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । साथै उनले हार्वड विजनेश स्कुलबाट डिस्रप्टिभ स्ट्राटिजी विषय समेत अध्ययन गरेका छन् ।

870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका