जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • हिमालयन–सिभिलको एकीकृत कारोबार माघ १८ बाट

हिमालयन–सिभिलको एकीकृत कारोबार माघ १८ बाट

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार माघ १८ गतेबाट हुने भएको छ। प्राप्ति प्रक्रियालाई स्वीकृत गर्न दुवै बैंकले यही पुस २८ गते आआफ्नो वार्षिक साधारणसभा डाकेका छन् । राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि एकीकृत कारोबार माघ १८ गतेबाट गर्ने दुवै बैंकबीच आन्तरिक सहमति भएको बुझिएको छ ।

पुुस मसान्तपछि एकीकृत कारोबार गर्दा पनि मर्जर प्रयोजनका लागि दिने भनिएका नियामकीय सुविधाहरु राष्ट्र बैंक दिन तयार रहेको एक अधिकारीको भनाइ छ ।  यी दुई बैंकबीच असार २९ गते प्राप्ति गर्नेसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। सम्झौतामा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका थिए।

हिमालयनले सिभिल बैंकलाई १००ः ८१ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो। सम्झौताअनुसार प्राप्तिपछि बैंकको नाम हिमालयन बैंक लिमिटेड रहनेछ भने सञ्चालक समितिमा पनि हिमालयनकै सञ्चालक रहनेछन्।

3740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका