जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विभिन्न ५३ ठाउँमा रहेको घरजग्गा बिक्री गर्दै एनआईसी एशिया बैंक

विभिन्न ५३ ठाउँमा रहेको घरजग्गा बिक्री गर्दै एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको गैर बैंकिङ्ग सम्पति (घर-जग्गाहरु) बिक्री गर्ने भएको छ ।

बैंकले आइतबार विभिन्न राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्दै आफ्नो स्वामित्वमा रहेको ५३ ठाउँमा रहेको घरजग्गा बिक्री गर्न लागेको जानकारी दिएको हो । ‘गैर बैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिनेछ’ बैंकको सूचनामा उल्लेख छ ।

बैंकले बैंकको नाममा मालपोत कार्यालय, धनकुटाको लगतमा दर्ता कायम रहेको दुई ठाउँको, मालपोत कार्यालय मुगुको लगतमा दर्ता कायम रहेको चार ठाउँको, मालपोत कार्यालय कालिकोटको लगतमा दर्ता कायम रहेकोे, भरतपुर चितवनको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय बारा, कलैयाको लगतमा दर्ता कायम रहेको दुई ठाउँको, मालपोत कार्यालय विराटनगर, मोरङको लगतमा दर्ता कायम रहेको दुई ठाउँको, मालपोत कार्यालय कालिकोटको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय इनरुवा, सुनसरीको लगतमा दर्ता कायम रहेको दुई ठाउँको र मालपोत कर्याालय पाँचथरको लगतमा दर्ता कायम रहेको घरजग्गा बिक्री गर्नेछ ।

बैंकले बैंकको नाममा रहेको रंगेली मोरङको लगतमा दर्ता कायम रहेको पाँच ठाउँको जग्गा बिक्री गरिने जनाएको छ । मालपोत कार्यालय लगनखेल, ललितपुरको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय परासी, नपवलपरासी-वर्दघाट सुस्ता पश्चिम) को लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय चन्द्र निगाहपुर, रौतहटको लगतमा कायम रहेको दुई ठाउँको, मालपोत कार्यालय गरुडा, रौतहटको लगतमा दर्ता कायम रहेको दुई ठाउँको, मालपोत कार्यालय घोराही, दाङको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय जुम्लाका लगतमा दर्ता कायम रहेको र मालपोत कार्यालय सुर्खेतको लगतमा दर्ता कायम रहेको ६ ठाउँको जग्गा बिक्री गरिने बैंकले जनाएको छ ।

यस्तै, बैंकले मालपोत कार्यालय गुलरिया, बर्दियाको लगतमा दर्ता कायम रहेको दुई ठाउँको जग्गा, मालपोत कार्यालय पर्साको लगतमा दर्ता भएको दुई ठाउँको जग्गा, मालपोत कार्यालय पर्सा, विरगञ्जको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय पर्सा, विराटनगरको लगतमा दर्ता कायम रहेको ६ ठाउँको र मालपोत कार्यालय कावासोती, नवलपरासी(वर्दघाट सुस्ता पूर्व) को लगतमा दर्ता कमयम रहेको जग्गा बिक्री गर्नेछ ।

बैंकले बैंकको नाममा रहेको मालपोत कार्यालय चनौली, चितवनको दगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय मकवानपुरको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय, चावहिल, काठमाडौंको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय, बेलवारी मोरङको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय, विराटनगरको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय, लेखनाथ, कास्कीको लगतमा दर्ता कायम भएको, मालपोत कार्यालय कलंकी, काठमाडौंको लगतमा दर्ता कायम रहेको र मालपोत कार्यालय बुटवल र रुपन्देहीको लगतमा दर्ता कायम रहेको घरजग्गा बिक्री गर्ने जनाएको छ ।

उक्त सम्पत्ति खरिद गर्न इच्छुक-फर्म-कम्पनी-संघ संस्थाहरुले यो सूचना प्रकाशित भएको १५ दिनभित्र बोलपत्र पेश गर्न सक्ने छन् । अर्थात इच्छुक व्यक्ति तथा संस्थाहरुले माघ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । बोलपत्र सम्बन्धी शर्तबन्देजसहितको बोलपत्र फाराम बैंकको केन्दि«य कार्यालय कर्जा असुली विभाग, राधाभवन, त्रिपुरेश्वर, काठमाडौंमा बुझाउनुपर्नेछ । उक्त फाराम एक हजार रुपैयाँ तिरि प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

2485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका