जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एकीकृत कारोबार २७ गतेबाट

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एकीकृत कारोबार २७ गतेबाट

नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंक नेपाललाई गाभेर पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ।

अब नयाँ बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ हुने छ।

दुवै बैंकको तथ्यांक मिलानका लागि पुस २५ र २५ गते बैंकका सम्पूर्ण बैंकिङ सेवा बन्द हुने छ।

नेपाल इन्भेष्टमेन्ट बैंकले प्रति सेयर ९० रुपैयाँका दरले मेगा बैंकलाई गाभेको हो। बैंकको अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे हुनेछन्।

बैंकको व्यवस्थापकीय नेतृत्व नेपाल इन्भेष्टमेन्टका वर्तमान सीइओ ज्योतिप्रकाश पाण्डेले गर्नेछन्।

2785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?