जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बैंक अफ काठमाण्डूको कार्ड प्रयोग गर्नेले ४५% सम्म छुट पाउने, हेर्नुस् कुन ठाउँमा कति छुट पाइन्छ ?

बैंक अफ काठमाण्डूको कार्ड प्रयोग गर्नेले ४५% सम्म छुट पाउने, हेर्नुस् कुन ठाउँमा कति छुट पाइन्छ ?

बैंक अफ काठमाण्डूले आफ्ना कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई ४५ प्रतिशतसम्म छुट दिने भएको छ। विभिन्न होटल, रेष्टुरेन्ट, बुटिक, फिटनेस सेन्टर, अस्पताल, फार्मेसी र डेन्टल क्लिनिकमा यो छुट पाइने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यो छुटका लागि बैंकले विभिन्न कम्पनीसँग सम्झौता समेत गरिसकेको जनाएको छ।

बैंकका अनुसार पर्पल हेज रेष्ट्रो एण्ड गार्डेन एयरपोर्ट चोक विराटनगरमा १५ प्रतिशत, मिठो रेष्टुरेन्ट एण्ड थकाली किचन विर्तामोडमा १० प्रतिशत, नोबल होटल तथा स्वीमिङ कम्प्लेसक्स इमाडोलमा १० प्रतिशत, मिटिङ प्वाइन्ट रेष्टुरेन्ट एण्ड बार विर्तामोडमा ५ प्रतिशत, होटल अर्थ लाइट सौराहामा १० प्रतिशत, चिकेन स्टेशन इमाडोलमा १० प्रतिशत र सोलमारी रेष्ट्रो एण्ड मिटिङ इमाडोलमा १५ प्रतिशत छुट पाइनेछ।

बैंकले मेडिसिटी फार्मेसी विर्तामोडमा १० प्रतिशत, रामजानकी हस्पिटल जनकपुरमा १० प्रतिशत र नमो मनकामना डेन्टल तथा क्लिनिक इमाडोलमा २५ प्रतिशत छुट दिने जनाएको छ।

बैंकका अनुसार विराटनगरको पिपलचोकमा रहेको तनिस्क फेसन स्टुडियोमा १५ प्रतिशत र सेप फीटनेस जिम ढल्कोमा ४५ प्रतिशत छुट पाइनेछ। यो छुटका लागि बैंकको कार्ड र मोबाइल बैकिङमार्फत भुक्तानी गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

3240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका