जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • हिमालयन र सिभिल बैंकबीच आज अन्तिम मर्जर सम्झौता

हिमालयन र सिभिल बैंकबीच आज अन्तिम मर्जर सम्झौता

हिमालयन बैंक र सिभिल बैंकबीच आज मर्जरको अन्तिम सम्झौता हुने भएको छ । हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले मर्जरका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गर्ने भएका हुन् ।

अन्तिम सम्झौताका लागि दुवै बैंकको सञ्चालक समितिले स्वीकृति समेत प्रदान गरिसकेको सिभिल बैंकका सञ्चालक अम्बिर बोगटीले जानकारी दिए । साथै, दुवै बैंकको एकीकृत कारोबारको मिति पनि तय भएको छ । सञ्चालक बोगटीले हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार माघको १८ गते गर्ने तयारी रहेको जानकारी दिए ।

दुवै बैंकले पुस २८ गते वार्षिक साधारणसभा बोलाएका छन् । वार्षिक साधारणसभाले पारित गरेपश्चात् एकीकृत कारोबार लागि प्रक्रिया अघि बढाइनेछ ।

किन ढिलाई भइरहेको छ हिमालयन-सिभिल बैंकको मर्जर ?
‘दुवै बैंकको पुस २८ गते वार्षिक साधारणसभाले मर्जर प्रस्ताव पारित गर्छन्, वार्षिक साधारणसभाले पारित गरेको ३ साता भित्र अर्थात् माघ १८ गते एकीकृत कारोबार गर्ने लक्ष्य लिएका छौं, यदि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति आउन ढिला र दोस्रो त्रैमासको दबाव भयो भने एक हप्ता ढिला हुन सक्छ, अन्ततः हामीले २५ गतेभित्र जसरी पनि एकीकृत कारोबार हुन्छ,’ उनले भने ।

हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । प्रारम्भिक सम्झौता हुँदा मर्जरपश्चात् पनि हिमालयन बैंकको सञ्चालक समिति कायम रहने सहमति भएको छ ।

मर्जरपश्चात् बन्ने बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई बनाउने सहमति भएको छ । साथै फैशल एन लाल्टिन, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बन्नेछन् ।

साथै, मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका अशोक राणा रहनेछन् । सिभिल बैंकका सीईओ सुनिल पोख्रेल मर्जरपश्चात् बैंकको वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् ।

हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसिया अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८०.२८ कित्ता सेयर हुनेछ ।

1810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका