जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • लाभांश पारित गर्न शिखर इन्स्योरेन्सले बोलायो साधारणसभा

लाभांश पारित गर्न शिखर इन्स्योरेन्सले बोलायो साधारणसभा

शिखर इन्स्योरेन्सको माघ २५ गते १७ औं र १८ औं वार्षिक साधारणभा बस्ने भएको छ ।

कम्पनीको माघ ३ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभा कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर, थापाथली, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।

उक्त सभाले गत आवको मुनाफाबाट लगानीकर्ताका लागि प्रस्ताव गरिएको १६ प्रतिशत बोनस सेयर र ०.८४२१ प्रतिशत नगद लाभांश प्रस्ताव अनुमोदन गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७७/०७८ तथा आव २०७८/०७९ को संचालक समितिको वार्षिक प्रतिवेद माथि छलफल गरी पारित गर्ने, आव २०७७/०७८ र आव २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने, आव २०७९/०८० का लागि लेखापरीक्षको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने र आव २०७८/७९ को लेखापरीक्षको नियुक्ति अनुमोदन गर्नेछ ।

यस्तै, सभाले नियमनकारी निकाय बीमा प्राधिकरणबाट जारी भएको बीमक गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका बमोजिम यस कम्पनी र अन्य कुनै कम्पनी एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सन्दर्भमा समझदारी पत्र तर्जुमा गर्ने, अन्य प्रक्रिया पुरा गरी सोमा हस्ताक्षर गर्ने, सम्पूर्ण चलअचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत मर्ज हुन आवश्यक सम्पूर्ण प्रक्रिया अवलम्वन गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव समेत पारित गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि इन्स्योरेन्सले माघ १७ गतेदेखि साधारणसभा सम्पन्न नहुन्जेलसम्मका लागि बुकक्लोज गर्ने भएको छ । जसअनुसार माघ १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारणसभामा सहभागिता जनाउन र लाभांश पाउन योग्य हुनेछन् ।

1215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका