जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा पौने २ अर्ब

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा पौने २ अर्ब

स्ट्याण्डर्ड चार्टर्ड बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ६१.३६ प्रतिशत बढेर १ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७२.३० प्रतिशत बढेर २ अर्ब ८४ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ५२ प्रतिशत बढेर ३ अर्ब ७२ करोड रुपैयाँ, बैंकको सञ्चालन मुनाफा ६१.९१ प्रतिशत बढेर २ अर्ब ५१ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा १ अर्ब ५ दाख रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड रुपैयाँ, जगेडा कोष ३.६९ प्रतिशत बढेर ९ अर्ब २ करोड रुपैयाँ, निक्षेप ९.६० प्रतिशत बढेर १ खर्ब २ अर्ब ७१ करोड रुपैयाँ र कर्जा २.३२ प्रतिशत बढेर ८१ अर्ब ३ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रति सेयर आम्दानी १४ रुपैयाँ १४ पैसा बढेर ३७ रुपैयाँ १९ पैसा पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात १२.४५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ७३ पैसा रहेको छ ।

बैंकको खराब कर्जा ०.२८ प्रतिशत बढेर ०.७२ प्रतिशत पुगेको छ । बैंकको कस्ट अफ फण्ड ७.५ प्रतिशत, आधार दर ९.६७ प्रतिशत, इन्ट्रेस्ट रेट स्प्रेड ३.९३ प्रतिशत र सीडी रेसियो ७८.६ प्रतिशत रहेको छ ।

1430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?