जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • डा. भगवान कोइरालाको अगुवाइमा बाल अस्पताल बन्दै

डा. भगवान कोइरालाको अगुवाइमा बाल अस्पताल बन्दै

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७ मा किओच–काठमाडौं बाल अस्पताल बन्ने भएको छ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बुढानीलकण्ठको हेपाली हाइटमा बाल अस्पताल बनाउने भएको हो ।

प्रस्तावक कम्पनीले वातावरणीय प्रभावमूल्याङ्कन प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदनअनुसार कम्पनीले ४१ रोपनी १० आना ३ पैसा (२१ हजार १९५.९८ वर्गमिटर) क्षेत्रफलमा अस्पताल निर्माण गर्ने भएको छ ।

कम्पनीले बाल अस्पताल निर्माण गर्न २ अर्ब ६५ करोड ८१ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । प्रतिवेदनमा अस्पतालको ग्राउण्ड कभरेजको अनुमति योग्य ९९६२.२१ वर्गमिटर (५० प्रतिशत) क्षेत्रफल रहेकोमा वास्तविकमा (३८३५.२४ वर्गमिटर) १९. २५ प्रतिशत हुने उल्लेख गरेको छ ।

त्यसैगरी, ७९.६९८.६८ वर्गमिटर अनुमति योग्य क्षेत्रफल रहेकोमा फ्लोर क्षेत्र वास्तविक २३,९७१.३३ वर्गमटिरमा बन्ने भएको छ । साथै, फार १.२० र हरियाली क्षेत्र ४० प्रतिशत हुने प्रतिवेदनमा उल्लेख छ ।

अस्पताल भुइँ तल्लासहित ५ तल्लाको निर्मााण हुनेछ । त्यसमा बेसमेन्ट ३ तल्लाको हुनेछ । अस्पतालमा ३८३५.२४ वर्गमिटर क्षेत्रफल पार्किङ क्षेत्रको व्यवस्था हुनेछ । जसमा १२० वटा कार, अपाङ्गमैत्री संरचना लिफ्ट चारवटा हुनेछ । कम्पनीअनुसार र्याम्प, व्हील च्येर, बाल/अपाङ्ग मैत्री भवनको निर्माण हुनेछ ।

अस्पतालको चौथो तल्लामा जनरल वार्ड, अडिटोरियम, एड्मिनिस्ट्रेशन निर्माण गर्ने कम्पनीको भनाइ छ । तेस्रो तल्लामा डबल बेड रुम, सिंगल बेड रुम, सुइट रुम, दोस्रो तल्लामा एआइसीयू, पीआइसीयू, एचडीयू, जेनरल वार्ड, वेटिङ रुम र पहिलो तल्लामा ओटी, पी–ओपी, पोस्ट–ओपी र सीआइसीयूको व्यवस्था हुनेछ ।

प्रतिवेदनअनुसार अस्पतालको भुइँ तल्लामा ओपीडी, नाम दर्ता, फार्मेसी, फिजियोथेरापी र डे केयर हुनेछ । बेसमेन्टमा आकस्मिक कक्ष लेबल (१) मा आकस्मिक सेवा, खाना खाने क्षेत्र, रेडियोलोजी, ल्याब लेबल (२) मा ल्याब, गोदाम, सीएसएसडी, प्रशासन, चिकित्सक कक्ष लुगा धुने सुविधा, हाउस किपिङ र पार्किङ लेबलमा पार्किङको व्यवस्था हुनेछ ।

३० वर्षका लागि जग्गा भाडामा लिएर अस्पताल बनाउन लागिएको हो ।

इन्स्टिच्युटका अध्यक्षसमेत रहेका मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बालबालिकाहरूमा हुने जटिल र गम्भीर रोगको उपचार सहज एवं सुलभ बनाउने उद्देश्यले बहुविशिष्टिकृत अस्पताल तथा बाँकी प्रदेशहरुमा पनि सोही प्रकृतिको सेटलाइट अस्पतालहरु सञ्चालन गर्न लागेको बताएका छन् ।

किओचले काठमाडौंसहित ७ वटै प्रदेशमा बाल अस्पताल स्थापना गर्ने जनाएको छ ।

किओच अध्यक्ष डा कोइराला रहेका छन् भने अन्य सदस्यहरुमा दीपकराज सापकोटा, गोविन्दप्रसाद अधिकारी, विरेन्द्रबहादुर बस्नेत, डा ज्योतिन्द्र शर्मा, भुवन दाहाल र भवानी राणा छन्

1275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका