जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने

सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने

सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको माघ १५ गते सम्पन्न भएको पाँचौं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

सभाले कम्पनीको सञ्चालकमा नियुक्त भएका दाबा फूटी शेर्पा र अभिनव राणाको नियुक्ति अनुमोदन गरेको छ । साथै, स्वतन्त्र सञ्चालक श्रीमान कार्कीको नियुक्ति समेत अनुमोदन गरेको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७÷०७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, इक्यूटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचीहरुसहितको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा ११३ बमोजिम कम्पनी रजिष्टारको कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को लागि कम्पनीको लेखापरीक्षकमा जोशी एण्ड भण्डारी, चार्टर्ड एकाउन्टेन्टस् (वर्तमान लेखापरीक्षक) लाई गरिएको नियुक्ति अनुमोदन गरेको छ ।

1380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका