जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंकद्वारा ‘खगेन्द्र नव जीवन गृह’ मा औषधी तथा ह्वील चियर वितरण

कामना सेवा विकास बैंकद्वारा ‘खगेन्द्र नव जीवन गृह’ मा औषधी तथा ह्वील चियर वितरण

कामना सेवा विकास बैंक लिमिटेडले वार्षिक उत्सवको अवसर पारेर विभिन्न कार्यक्रम गरि मनाउँदै आएको छ ।

बैंकले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौँ जिल्लाको गोकर्णेश्वर नगरपालिका वार्ड नं. ६, नारायणटार स्थित नेपाल अपाङ्ग संघ ‘खगेन्द्र नव जीवन गृह’ मा औषधी तथा ह्वील चियर वितरण कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा बैंकका कर्मचारी, संघका पदाधिकारी, वडाध्यक्ष रमेश अर्याल तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने जनाएको छ ।देशैभर विभिन्न १२९ शाखा र १ एक्सटेन्सन काउन्टर मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको बैंकले जनाएको छ ।

5405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका