जोडिनुहोस
मङ्लबार, पुस २९, २०८२
मङ्लबार, पुस २९, २०८२
  • होमपेज
  • राष्ट्र बैंकले भन्यो, आर्थिक सुशासनमा ध्यान दिऔं

राष्ट्र बैंकले भन्यो, आर्थिक सुशासनमा ध्यान दिऔं

नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूले लघुवित्त वित्तीय संस्थालाई आर्थिक सुशासनमा ध्यान दिन आग्रह गरेका छन् ।

काठमाडौँमा आज भएको नेपाल लघुवित्त बैंकर्स सङ्घको १६औँ वार्षिक साधारणसभामा राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गानाले संस्थागत सुशासनमा कैफियत देखिएकाले सुधार्नु पर्नेमा जोड दिए । उनले आर्थिक पारदर्शिता र कर्पोरेट सुशासन सुधार महत्वपूर्ण रहेको उल्लेख गरे ।

कार्यक्रममा राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले वित्तीय क्षेत्रमा जोखिम बढिरहेको सन्दर्भमा ग्राहक संरक्षण महत्वपूर्ण विषयमा भएको बताए । उनले लघुवित्तहरू मुनाफा कमाउनेतर्फ ध्यान केन्द्रित हुँदा समस्या भएको स्मरण गराउँदै मुनाफामा होडबाजी नगर्न सुझाव दिए ।

राष्ट्र बैंकको वित्तीय बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा गुणाकर भट्टले ग्राहक पहिचान र विकासमा ध्यान दिन आग्रह गर्नुभयो । बजारको अवस्था नहेरी कर्जा प्रवाह गर्दा समस्या हुनेतर्फ सचेत हुन उनले आग्रह गरे ।

कार्यक्रममा सङ्घका महासचिव रामबहादुर यादवले लघुवित्तहरू महिलाको सशक्तिकरण र आर्थिक रुपान्तरणमा सहयोगी बनेको उल्लेख गरे । उनले राष्ट्र बैंकले वित्तीय संस्था मैत्री नीतिनियम ल्याउन जरुरी रहेको औँल्याए ।

3840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।