जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • खल्तीले खोज्दै ‘खल्ती लेख स्टार’ ५० हजार जित्ने मौका

खल्तीले खोज्दै ‘खल्ती लेख स्टार’ ५० हजार जित्ने मौका

खल्ती डिजिटल वालेट ‘खल्ती लेख–स्टार’ को खोजीमा हिँडेको छ । जस अन्तर्गत ३ जनाले रु. ५० हजार, २५ हजार र २५ हजार जित्न सक्नेछन् । ‘खल्ती लेख–स्टार’ बन्न जो कोहिले खल्ती शब्दको अर्थ (वालेट र पकेट)  खुल्ने गरि नेपाली भाषामा विभिन्न लेख रचना गरि पोस्ट गरि ‘खल्ती’ लाई पठाउनु पर्नेछ ।

इच्छुक व्यक्तिले आफ्नो कला पन्स्, पन्चलाईन, टंग ट्वीस्टर,कविता, उखान टुक्का, ट्याग लाइन्स , र्याप आदि मार्फत् सोसल मिडिया मा प्रस्तुत गरी खल्तीलेखस्टार राखी आफ्नो फेसबुक, इन्स्टाग्राम, ट्विटर, युटुब या टिकटकमा सेयर गर्नुपर्नेछ । पोस्ट गरे पश्चात आफ्नो पोस्टको लिंक ‘खल्ती’ ले प्रदान गरेको फारममा सम्पूर्ण विवरण सहित पठाई यस प्रतियोगितामा सहभागी हुन पाइने कम्पनीले जनाएको छ । यो प्रतियोगिता चैत्र १५ गते  २ देखि बैशाख १४ गते सम्म लागु हुनेछ।

यस क्याम्पेनका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘खल्ती’ शब्द आफैमा हरेक व्यक्तिको दैनिक जीवन सँग आबद्द शब्द भईसकेको छ । यस कुरालाई मध्यनजर गर्दै  ‘खल्ती लेख–स्टार’ मार्फत विभिन्न लेख प्रतिभाहरुलाई हौशला दिने उद्देश्यले यो योजना ल्याएका छौ । यस प्रतियोगितामा आबद्ध हुने सबै आह्वान गर्छु ।”

2820
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका