जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०

सुन तोलाको ६०० ले घट्यो   

भदौ अन्तिम सातादेखि लगातार ओरालो लाग्न थालेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ ।

स्थानीय बजारमा छापावाला सुनको मूल्य रु ७० हजार ७०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला रु ७१ हजार ३०० मा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य रु ७० हजार ४०० कायम गरिएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु ७१ हजारमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेर प्रतितोला रु ८५५ पुगेको छ ।

साउनको पहिलो सातादेखि उकालो लाग्न थालेको सुन भदौ अन्तिम सातासम्म पनि घट्न सकेको थिएन । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ ।

आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔस एक हजार ४९६.५ अमेरिकी डलरमा झरेको छ । यसअघि विश्वबजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५४० अमेरिकी डलरसम्म पुगेको थियो ।

5505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका