जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • नबिल बैंकका ग्राहकले सिजी र एलजीको इलेक्ट्रोनिक सामग्री किन्दा २०% अग्रिम छुट पाउने

नबिल बैंकका ग्राहकले सिजी र एलजीको इलेक्ट्रोनिक सामग्री किन्दा २०% अग्रिम छुट पाउने

नबिल बैंकले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुटका योजना ल्याएको छ। आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नको लागि सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको बैंकले जनाएको छ।

अब नबिल बैंकका ग्राहकले देशभर रहेका सिजी डिजिटल र एलजी लाइफस्टाइलका आउटलेटबाट इलेक्ट्रोनिक सामग्री खरिदमा २० प्रतिशत अग्रिम छुट पाउने छन्।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको बैंकले यस्ता प्रकारका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ। डिजिटल कारोबारमा छुटको व्यवस्थाले बैंकका ग्राहकलाई थप सहज हुने बैंकका खुद्रा कारोबार प्रमुख निरज शर्माले बताए।

यस्तो सुविधा लिनको लागि नबिल बैंकको कार्ड आवश्यक पर्नेछ। यो सुविधा सीमित अवधिको लागि दिएको बैंकले जनाएको छ।

3735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका