जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • लुम्बिनी केबलकार भारतीय पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छ : आचार्य बालकृष्ण

लुम्बिनी केबलकार भारतीय पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छ : आचार्य बालकृष्ण

पतञ्जली योगपीठ भारतका अध्यक्ष आचार्य बालकृष्णले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य रहेको बताएका छन् ।

पाल्पाको बसन्तपुरस्थित कामाख्या देवी मन्दिरको दर्शनपछि नेपाल र भारतका पत्रकारसँग बिहीबार कुरा गर्दै उनले प्राकृतिक सुन्दरता, आवत जावतको सहजता, भाषिक, धार्मिक, सांस्कृति समानताले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य भएको बताए ।

‘भारतका कतिपय प्रान्तमा जान पासपोर्ट अनिवार्य छ, तर भारतीय नागरिक विना पासपोर्ट,विना अनुमति नेपालका जुनसुकै ठाउँ घुम्न जान सक्छन्,’ उनले भने, ‘दुई देशबीच सनातन संस्कृति, वैदिक परम्परा, भाषिक, धार्मिक, सांस्कृतिक समानता र रोटीबेटीका सम्बन्धले पनि सहज छ ।’

नेपाल बुद्ध, पशुपतिनाथ, मुक्तिनाथ, जानकी र वाल्मीकिको भूमि भएको उल्लेख गर्दै उनले यी धार्मिक पर्यटकीय स्थललाई भारत सरकारले अघि सारेको रामायण र शिव सर्किटमा नेपाललाई जोडेर पर्यटन प्रवर्द्धनमा पहल गर्न सुझाव दिए ।

उत्तर प्रदेशसँग जोडिएको रुपन्देहीमा बनेको लुम्बिनी केबलकार भारतीय पर्यटकका लागि नजिकको आकर्षक गन्तव्य बन्न सक्ने उनले बताए । ‘उत्तर प्रदेशका नागरिक केबलकार चढ्न हिमाञ्चल प्रदेश जानुपर्ने अवस्था छ, त्यहाँ पुग्नभन्दा बुटवल आउन धेरै नजिक छ,’ उनले भने ।
भैरहवाको गौतमबुद्ध अन्तरराष्टिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सके भारतीय र विदेशी पर्यटक आगमन बढ्न सक्ने भएकाले त्यसमा ध्यान दिन सुझाए ।भारतको पतन्जली योगपीठले नेपालमा औषधि उद्योग स्थापना र योग केन्द्र सञ्चालन गरेर दुई देशबीच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाएको र यसले धार्मिक पर्यटन प्रवर्द्धन गरेको उनको भनाइ छ ।

नेपाल र भारतबीचको सांस्कृतिक विरासत साझा र अक्षुण रहेको रहेको भन्दै यसलाई कसैले तोड्न नसक्ने उनले बताए ।रुपन्देहीको धकधईमा १ अर्ब रुपैयाँको लागतमा जडिबुटी प्रशोधन गरी आयुर्वेदिक औषधि र कस्मेटिक वस्तु उत्पादन गर्ने उद्योग स्थापनाको अन्तिम चरणमा रहेको र उक्त उद्योगमा कम्तीमा ५०० जनाले रोजगारी पाउने उनले बताए ।

४० वर्षपछि पहिलोपटक गृह जिल्ला स्याङजामा दसैँ मनाउन आएको भन्दै उनले कामाख्या देवी मन्दिरको दर्शन गर्न पाउँदा खुशी लागेको बताए ।

सो अवसरमा लुम्बिनी केबलकारका निर्देशक रुद्र पौडेलले नेपालीसँगै भारतको उत्तर प्रदेशको २४ करोड जनसंख्यालाई लक्षित गरेर पाँचतारे होटेलसहित केबलकारमा ५ अर्ब रुपैयाँ लगानी हुने बताए ।

साथै उनले सञ्चालनको पाँच महिनामै बसन्तपुरको कामाख्यादेवी मन्दिर भारत उत्तर प्रदेशका पर्यटकको लागि आकर्षणको थलो बनेको पनि बताए । उनले कम्पनीले प्रत्येक टिकटमा दुई प्रतिशत रकम सेवा शुल्कवापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिएको भन्दै करिब १०० जनाले रोजगारी पाएको पनि बताए ।

1845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका