जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • सेञ्चुरी कर्मशियल बैंक लिमिटेड माथी धावा बोल्ने नेको इन्स्योरेन्सका सीइओ खड्काको दादागिरीले हद नाघ्यो : शेयर दलाली गर्ने की कम्पनी बलियो बनाउने ? (अडियो सहित)

सेञ्चुरी कर्मशियल बैंक लिमिटेड माथी धावा बोल्ने नेको इन्स्योरेन्सका सीइओ खड्काको दादागिरीले हद नाघ्यो :  शेयर दलाली गर्ने की कम्पनी बलियो बनाउने ? (अडियो सहित)

नेपालमा जसले जे बोले पनि हुने । जे गरेपनि हुने ? यो कस्तो बैकिङ्ग हो ? कस्तो बीमा हो ? यसको खोजी अब हामीले शुरु गरेका छौं । भनिन्छ । नेपालको ८ अर्ब चुक्ता पुँजी भएको हामी जस्ता गरिब र निरिह करोडौं जनताहरुको शेयर रहेको, बजारमा उच्च छवि भएको सेञ्चुरी कर्मशियल बैंक लिमिटेड माथी धावा बोल्ने नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक खड्कालाई कसले कारवाही गर्ने हो ? यो चाहि चर्चाकै विषय बनेको छ । नेपालका उद्यमी उपेन्द्र महत्तो समूहको शेयर खरिद विक्रीमा प्रत्यक्ष सहभागी भएर प्रमोटर शेयर खरिद गर्ने दलाली गर्ने ।

तलब भत्ता निरिह जनताको शेयर भएको नेको इन्स्योरेन्स कम्पनीबाट मासिक ६÷७ लाख भन्दा बढि खाने अशोक खड्काले सेञ्चुरी कर्मशियल बैंक डुब्न लागेको, सो बैंकका सञ्चालकहरुले बैंक डुवाउन लागेको र त्यस्तो बैंकमा आफू जागिर खान नजाने भन्दै एक अनलाईन मिडियासंग अन्र्तवार्ता दिएको भेटिएको छ ।

तर, तलब भत्ता निरिह जनताको शेयर भएको नेको इन्स्योरेन्स कम्पनीबाट मासिक ६÷७ लाख भन्दा बढि खाने अशोक खड्काले सेञ्चुरी कर्मशियल बैंक डुब्न लागेको, सो बैंकका सञ्चालकहरुले बैंक डुवाउन लागेको र त्यस्तो बैंकमा आफू जागिर खान नजाने भन्दै एक अनलाईन मिडियासंग अन्र्तवार्ता दिएको भेटिएको छ । को हुन सेञ्चुरी बैंक माथी धावा बोल्ने खड्का ? यसबारे हामीले खोजी शुरु गरेका छौं । हेक्का होस् ।

अशोक खड्काज्यू करिब ७५ लाख भोट ल्याएर रमेश कुमार निरौला नामका एक जनालाई सेञ्चुरी बैंकको सञ्चालक बनाएर भन्दैमा हामी जस्ता करोडौं गरिब जनताको शेयर रहेको बैंक माथी धावा बोल्दा सेञ्चुरी बैंक माथी कस्तो असर पर्ला हेक्का होस् । हामी जस्ता साना शेयरधनीको फर्जी भोटबाट सञ्चालक बनाउने र तर्साउने र धम्क्याउने काम अब चाहि बन्द हुनुपर्दछ कि कसो ?

एक बीमा कम्पनीका सीइओले आर्थिक बजार न्यूजडटकमसंग नाम नलेख्ने सर्तमा भनेः– एउटा कम्पनीको सीइओले अर्को ८ अर्ब पूँजी भएको करोडौं जनताको शेयर र लाखौं जनताको डिपोजिट भएको बैंक माथी धावा बोल्नु धम्काउनु र तर्साउनु गलत हो यसबाट सम्बन्धीत निकायले छानवीन गर्न जरुरी देखिन्छ ।

माच्छपुच्छ्रे बैंकमा मात्रै सिनिसर मेनेजर भएका अशोक खड्कालाई नेको इन्स्योरेन्समा योग्यता नै नपुग्दै बीमा समितिले कसरी सीइओ बन्न सहमती दियो यसबाटै बीमा समितिसंग हामीले उनीको फाइल मागी अनुसन्धान सुरु गरेका छौं ।
एक बीमा कम्पनीका सीइओले आर्थिक बजार न्यूजडटकमसंग नाम नलेख्ने सर्तमा भनेः– एउटा कम्पनीको सीइओले अर्को ८ अर्ब पूँजी भएको करोडौं जनताको शेयर र लाखौं जनताको डिपोजिट भएको बैंक माथी धावा बोल्नु धम्काउनु र तर्साउनु गलत हो यसबाट सम्बन्धीत निकायले छानवीन गर्न जरुरी देखिन्छ ।

केही दिन अगाडी नेको इन्स्योरेन्सका सीइओले सेञ्चुरी कर्मशियल बैंक लिमिटेड माथी धावा बोलेपछि त्यस बैंकका कर्मचारीहरु र सञ्चालक आक्रोशित बनेको भेटिएको छ । भनिन्छ कतिपय कर्मचारीले त फोन नै गरि खड्कालाई चेतावनी समेत दिएको खुलेको छ ।अब हेरौं खड्काले एक अनलाईन मिडियासंग टेलिफोनमा दिएको विवादित अन्र्तवार्ता र यसको अडियो पनि जस्ताको तस्तै : सम्पादक

सेञ्चुरीको सीइओ बन्न लागेको चर्चाबारे खड्का भन्छन्, ‘जसले भन्यो, त्यो वेवकुफ हो, त्यस्तो डुब्न लागको बैंकमा को जान्छ ?’
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट तुलसीराम गौतमलेले राजिनामा दिएपछि अवको सीइओ को बन्छ भन्ने चर्चा चौतर्फी छ । सेञ्चुरी बैंकका एक संचालकले अर्थ सरोकारलाई दिएको जानकारी अनुसार बैंकमा अवको सीइओका रुपमा हाल नेको इन्स्योरेन्समा काम गरिरहेका अशोक खड्काको नाम अगाडी सारिएको छ । उनी आउन नमानेको खण्डमा बैंकका डेपुटी सीइओ मनोज न्यौपानेलाई सीइओ बनाउने तयारी छ । यस्तो चर्चा सुनेपछि हामीले उनलाई विहान फोन गरेका थियौं । उनको फोन अफ थियो । हामीले पुन उनलाई एसएमएस गर्यौं र कुरा के हो भन्ने जान्न चाहेको बतायौं । झन्डै ९ बजे आसपासमा अर्थ सरोकारको सम्पर्कमा आएका उनलाई हामीले यस विषयमा सोधेका छौं ।

१. तपाईं त सीइओ भएर सेन्चुरी बैंक जाने कुरा आयो नि, के हो कुरा सर ?
तपाईं पत्रकारहरु पनि लहैलहैमा लाग्नुहुन्छ । मेरो त्यस्तो कुनै योजना छैन । म अहिले नेको इन्स्योरेन्समा छु र मलाई यहीं राम्रो छ । त्यो सेन्चुरी कमर्सियल बैंक भन्दा त मलाई यहीं राम्रो सेवा सुविधा छ । २२ बर्ष बैंकिङ गरेको छु । अव त्यस्तो बैंकमा म काम गर्न जान्छु होला त ?

२. भनेपछि तपाईं सीइओ भएर सेन्चुरी जान लाग्नुभएको होइन ?
होइन । त्यस्तो डुब्न लागेको बैंकमा को जान्छ ? म नेको इन्स्योरेन्समा सीइओ भएको जम्मा २ बर्ष भयो । म यहीं नै ठिक छु ।

३. तर सेन्चुरीकै संचालकले त तपाईंसँग कुरा अगाडी बढेको छ भन्ने कुरा गर्नुभयो नि ?
जसले त्यो कुरा गर्यो त्यो संचालक वेवकुफ रहेछ । त्यस्ता संचालकलाई बैंकमा राख्नु हुन्न । त्यस्तो संचालकले बैंक डुबाउँछ । म त हक्की मान्छे हो, हो भने हो भन्छु नि । तर होइन । म त्यहाँ सीइओ भएर जान लागेको होइन ।

४. तपाईंले त अफर लेटरसमेत लिईसक्नुभयोसमेत चर्चा छ नि ?
चर्चा सुनेर हुन्छ ? देखाउनुपर्यो नि अफर लेटर ? यस्तै चर्चा र हल्लाको पछी लागेर तपाईंहरुले समाचार बनाउँदा मेरो इन्स्योरेन्सको करियरमा समेत असर पर्न सक्छ । यो कुरा पत्रकार मित्रहरुले पनि बुझ्नुपर्छ । यति बुझ्नुस् , म त्यहाँ जान लागेको होइन ।
यता उनको कुरा सुनेपछि हामीले बैंकका डेपुटी सीइओसँग कुराकानी गर्यौं । अव तपाईंकै पालो आएको हो त ? उनले हाँस्दै भने – ‘अहिले नै सीइओ बन्न हतार भएन र ?’

उनीको टेलिफोन वार्ताको अडियो सुनौ ।

13935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?