जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • कर्जाको ब्याजदर घटाउन भूमिका खेल्न एनबीएलाई परिसंघको आग्रह

कर्जाको ब्याजदर घटाउन भूमिका खेल्न एनबीएलाई परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले नेपाल बैकर्स संघ (एनबीए)का नवनिर्वाचित अध्यक्ष एवं कार्यसमितिलाई बधाइ एवं शुभकामनासहित मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेको छ।

अध्यक्ष सुनिल केसीसहित एनबीएको नयाँ कार्यसमितिलाई स्वागत गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च ब्याजदरका कारण समग्र मागमा उच्च संकुचन आउँदा उद्योगी–व्यवसायीहरुको मनोबल खस्किएको बताए। एनबीएको नयाँ कार्यसमितिले निक्षेपको ब्याजदर घटाउने सहमतिका लागि धन्यवाद दिँदै उनले कर्जाको ब्याजदर घटाउन भूमिका खेल्न पनि आग्रह गरे।

अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचनका कारण साना तथा मझौला व्यवसायीहरुले बैंकलाई कर्जाको किस्ता तिर्न सक्ने अवस्था नभएकाले बिना प्रोभिजन ऋणको पुनःसंरचना, पुनःतालिकीरण गरी सहयोग गर्नुपर्ने बताए। उनले उद्योगहरुको प्रवर्द्धन गर्न बेसरेटमा २ प्रतिशतमात्रै ब्याज लगाएर कर्जा प्रवाह गर्न पनि आग्रह गरे।

अध्यक्ष अग्रवालले चालुपुँजी कर्जा मार्गदर्शनको संशोधनपछि पनि राष्ट्र बैंक, बैंकर र उद्योगी–व्यवसायीबीच बुझाइमा एकरुपता आउन नसकिरहेकाले विज्ञसहितको हेल्प डेस्क स्थापना तथा तत्काल सञ्चालन गर्न आग्रह गरे।

एनबीएका नवनिर्वाचित अध्यक्ष केसीले मुलुकको अर्थतन्त्रको अवस्था र आगामी दिनमा कसरी अगाडि बढ्नुपर्ने भन्ने विषयमा जानकारी गराए। उनले परिसंघले दिएको कतिपय सुझाव बैंकहरु तथा संघले आफैँ पनि गर्न सक्ने भएकाले कार्यान्वयनमा सहयोग गर्ने बताए।

अध्यक्ष केसीले अहिले बैंकहरुको प्रमुख समस्याका रुपमा बढ्दो निष्क्रिय कर्जा रहेको बताए। उनले ब्याजदरका विषयमा सडक आन्दोलन नगर्न उद्योगी–व्यवसायीहरुलाई समेत आग्रह गरे।

एनबीएका नवनिर्वाचित कार्यसमिति र परिसंघ सदस्यहरुबीच भएको अन्तर्क्रियामा परिसंघका उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे, हेमराज ढकालसहित परिसंघ नेसनल काउन्सिल सदस्यहरु, नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला, कार्यसमिति सदस्यहरु अजयविक्रम शाह, दीपककुमार डे, सल्लाहाकार अशोकशमशेर राणालगायत उपस्थित थिए।

1410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका