जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सिटिजन्सद्वारा वृक्षारोपण

पत्रपत्रीका

सिटिजन्सद्वारा वृक्षारोपण

सिटिजन्सद्वारा वृक्षारोपण

सिटिजन्स बैंक इन्टरनेसनलले असार १४ गते राष्ट्रिय वृक्षारोपण दिवस र वृक्षारोपण वर्ष २०७६ को अवसरमा वन तथा वातावरण मन्त्रालयको अगुवाईमा सञ्ंचालन गरेको वृक्षारोपण कार्यक्रममा उल्लासपूर्ण सहभागिता जनाएको छ ।

कोटेश्वर—कलंकी चक्रपथ सडक किनारमा सौन्दर्यमुलक रूखहरू रोप्ने कार्यक्रम सञ्चालन गरिएकोमा बैंकको सहयोगमा ग्वार्को शाखादेखि दक्षिणतर्फ ५०० मि.सम्ममा १०० वटा कल्की फूलका बिरुवाहरू रोपिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ग्वार्कोमा कल्की फूलकोबिरुवा रोपेर नेपाल सरकारले थालनी गरेको एक वर्षमा देशभर तीनदेखि पाँच करोड बिरुवा रोप्ने अभियानमा सहभागिता जनाएका छन् ।

बैंकका करिव १०० जनाकर्मचारीहरूको अग्रसरतामा उक्त क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

आर्थिक सामाजिक विकासका लागि वातावरण प्रवर्धन,सहरी सौन्दर्य प्रवर्धन तथा प्रदुषण नियन्त्रणका लागि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गरिएको यस कार्यक्रमले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

“योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

6790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?