जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा १००% विलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान सञ्चालन

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा १००% विलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान सञ्चालन

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नवीकरण नभएका बीमालेखहरुका लागि  सतप्रतिशत विलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान सुरु गरेको छ। उक्त पुनर्जागरण अभियान आज माघ २३ गतेदेखि फागुन १५ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

पुनर्जागरण अभियानअन्तर्गत दुई वर्ष वा सोभन्दा कम समय व्यतीत भएका बीमालेखको हकमा मात्र लागू हुने र बीमालेख अवधिभित्र एकपटकमात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ।

कुनै पनि बीमालेख व्यतीत रहँदा बीमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि व्यहोर्नुपर्ने हुनाले यो सुनौलो मौकाको फाइदा लिई बीमालेख नवीकरण गर्न ग्राहकलाई अनुरोध गरेको छ।

हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई बीमित र बीमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाका लागि जीवन बीमा अनिवार्य रहेको छ। अतः यसै कुरालाई  मध्यनजर गरी रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी बीमालेख पुनर्जागरण अभियान सञ्चालन गरेको छ।

पुनर्जागरण अभियानबारे थप जानकारीका लागि कम्पनीको टोल फ्री नम्बर १६६०–०१०–१४०० अथवा ०१–५९७–०४०० मा सम्पर्क गर्न सकिनेछ।

3400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका