जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एभरेष्ट बैंकको वार्षिकोत्सवमा २८ कर्मचारी सम्मानित, कोपिला भ्यालीलाई ५ लाख हस्तान्तरण

एभरेष्ट बैंकको वार्षिकोत्सवमा २८ कर्मचारी सम्मानित, कोपिला भ्यालीलाई ५ लाख हस्तान्तरण

एभरेष्ट बैंकले आज २९ औं वार्षिकोत्सव मनाएको छ। यस अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा बैंकको प्रधान कार्यालयमा २५ वर्षभन्दा बढी सेवा गरेका कर्मचारीहरुलाई सम्मान गरियो।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङले २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीलाई सम्मान गरेका हुन्।

यस्तै, बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको श्री कोपिला भ्याली सेवा समाजलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकका नायव महाप्रबन्धक केशव प्रसाद पौडेलले आज समाजका प्रतिनिधिलाई चेक हस्तान्तरण गरेका हुन्।

एभरेष्ट बैंक भारतको पंजाब नेशनल बैंकसँग संयुक्त साझेदारीमा संचालन भइरहेको छ। बैंकले आफूहरुसँग हालसम्म १३ लाख ग्राहक जोडिएको जनाएको छ। देशभर गरेर बैंकका १२९ शाखा, ३ एक्सटेन्सन काउन्टर, सातै प्रदेशमा कार्यालय र १६२ एटीएम सेवा संचालित छन्।

3465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका