जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, क्रेडिट कार्ड भुक्तानीलाई इएमआइ बनाउन सकिने

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, क्रेडिट कार्ड भुक्तानीलाई इएमआइ बनाउन सकिने

एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा ‘इन्स्टा बाइ’ लन्च गरेको छ। यो नयाँ सुविधाले क्रेडिट कार्ड खरिदहरूलाई व्यवस्थित मासिक भुक्तानीहरूमा विभाजन गर्ने सुविधा प्रदान गर्नेछ।

अब ग्राहकले आफ्नो खरिदहरु बराबर मासिक किस्ताहरूमा भुक्तान गर्न छनोट गर्न सक्ने बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ। यसको ब्याज दर न्यूनतम रहेको बैंकले जनाएको छ।

इन्स्टा बाइमार्फत अस्पताल, होटल, रेस्टुरेन्टको बिल र यस्तै अन्य सेवाहरूको भुक्तानी पनि इएमआइमा रूपान्तरण गर्न सकिन्छ। यो सुविधा ठूला खरिदहरूको लागि वा लामो अवधिमा आफ्नो खरिदहरूको लागत फैलाउन चाहने ग्राहकका लागि उत्कृष्ट विकल्प हो।

यो सुविधा प्रयोग गर्न, ग्राहकहरूले केवल बैंकको वेबसाइटमा लग-इन गरी प्रडक्ट एण्ड सर्भिसेसमा क्लिक गरी वैकल्पिक
डेलिभरी च्यानल अन्तर्गत इन्स्टा बाइ चयन गर्नुपर्छ।

यसपछि आफ्नो खरिदको भुक्तानी गर्न चाहेको कुल महिनाको संख्यासहित विवरणहरू भर्नुपर्ने हुन्छ। यो नयाँ फीचरले ग्राहकहरुलाई आफ्नो क्रेडिट कार्ड अनुभवमा अमूल्य सेवा थपिने बैंकले जनाएको छ।

3740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका