जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बीमा कम्पनीका सम्पुर्ण कर्मचारीको शैक्षिक योग्यता पेश गर्न समितिको निर्देशन

बीमा कम्पनीका सम्पुर्ण कर्मचारीको शैक्षिक योग्यता पेश गर्न समितिको निर्देशन

बीमा समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई आफ्ना कर्मचारीको शैक्षिक योग्यताको विवरण पेश गर्न निर्देशन दिएको छ । समितिले बिहीबार सम्पुर्ण कम्पनीहरुलाई परिपत्र जारी गर्दै ७ दिन भित्रमा कर्मचारीको शैक्षिक योग्यताको विवरण पेश गर्न निर्देशन दिएको हो । हाल सञ्चालनमा रहेका १९ जीवन, २० निर्जीवन र दुई पुनर्बीमा कम्पनीहरुले आफ्ना कर्मचारीको शैक्षिक योग्यताको विवरण पेश गर्नु पर्ने भएको हो ।

समितिले कम्पनीहरुलाई कर्मचारीको शैक्षिक योग्यताको विवरण पेश गर्नका लागि ढाँचा समेत तोकिदिएको छ । जसमा कम्पनीले आफ्ना कर्मचारीको नाम, ठेगाना, पद, शाखा कार्यालय, नियुक्त मिति, शैक्षिक योग्यता, अध्ययन गरेको शैक्षिक संस्थाको नाम, विश्व विद्यालय, उत्तीर्ण गरेको वर्ष, विदेशी विश्व विद्यालय भएमा समकक्षताको प्रमाणपत्र र उक्त प्रमाणपत्र लिएको मिति सहितको विवरण पेश गर्नु पर्ने छ ।

हाल जीवन बीमा कम्पनीमा ६ हजार १६० जना भन्दा धेरै कर्मचारीहरु कार्यरत छन् भने निर्जीवन बीमा कम्पनीहरुमा ५ हजार ३९० जना कर्मचारीहरु कार्यरत छन् । समितिले बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरुको शैक्षित अवस्थाको विषयमा अध्ययन गर्न यस्तो निर्देशन दिएको हो ।

3290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका