जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश दर घट्यो

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश दर घट्यो

सांग्रीला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले गत आवको नाफाबाट कुल ८.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब १ करोड रहेको छ। बैंकले यसको ८.५३ प्रतिशतले हुन आउने २५ करोड ६९ लाख बराबरको बोनस सेयर तथा ०.४४ प्रतिशतले हुन आउने १ करोड ३५ लाख बराबरको नगद लाभांश वितरण गर्ने भएको हो।

बैंकले उक्त बोनस सेयर तथा नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरेर लगानीकर्तालाई वितरण गर्ने छ।

बैंकले आव २०७७/७८ मा लगानीकर्ताहरुलाई १० प्रतिशत बोनस सेयर तथा ०.५२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

4360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्