जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रभु इन्स्योरेन्सको खुद नाफामा ४ प्रतिशतको बढोत्तरी

प्रभु इन्स्योरेन्सको खुद नाफामा ४ प्रतिशतको बढोत्तरी

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रभु इन्स्योरेन्सको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रभुको खुद नाफामा ४.२५ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ९ करोड ८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको खुद नाफा चालु आर्थिक वर्षको पुस् मसान्तसम्म ९ करोड ४७ लाख ४ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आम्दानी ०.१४ प्रतिशतले बढेर ४० करोड २८ लाख ३१ हजार रुपैयाँ पुगेको छ भने कम्पनीको बीमा कोषमा ९६ करोड २७ लाख रुपैयाँ जम्मा भएको छ ।

त्यस्तै, कम्पनीको रिजर्भ कोष २३.४० प्रतिशतले घटेर २३ करोड ६८ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ भने २०० रुपैयाँ रहेको छ ।

945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका