जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • एटिएम तोडफोडः चार जना पक्राउ

एटिएम तोडफोडः चार जना पक्राउ

एटिएम मेसिन तोडफोड गरेर चोरी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भई ललितपुर महानगरपालिका–९ च्यासल बस्ने २३ वर्षीय सन्तोष तामाङ, महोत्तरी घर भई सुनाकोठी बस्ने २० वर्षीय विश्वास मगर, मकवानपुर घर भई च्यासल बस्ने २३ वर्षीय कान्छाराम तामाङ र ललितपुर कोञ्ज्योसोम गाउँपालिका चौघरे घर भई ठेचो बस्ने २५ वर्षीय कुशल लामा छन् ।

ललितपुर महानगरपालिका एकान्तकुनास्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन तोडफोड गरेको सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले भाग्दै गरेका दुई जनालाई पक्राउ गरेको थियो ।
थप अनुसन्धानको क्रममा उनीहरूसहित चार जनाले सोही महानगरपालिका–१५ ताल्चिखेलमा रहेको एक फोटो स्टुडियोमा चोरी गरेको खुल्न आएपछि उनीहरूलाई समेत च्यासलस्थित उनीहरुको कोठाबाट आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट चक्कु, क्यामेरा, फलामको रड, खुकुरी, हम्बर र एयरफोन बरामद गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

3695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका