मोलुङ हाइड्रोपावर कम्पनीले आज फागुन ४ गतेदेखि सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको छ । कम्पनीले कम्पनीमा कार्यरत कर्मचारीको लागि ५४ हजार ५ सय ७० कित्ता शेयर र सर्वसाधारणलाई २२ लाख ६४ हजार ६ सय ५५ कित्ता शेयर निष्काशन गरेको हो ।
यस निष्काशनमा फागुन ११ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ८ हजार कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, र विदेशमा रहेका नेपाली श्रमिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ । कम्पनीले ओखलढुंगामा ७ मेगावाटको मोलुङखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७४ चैत्र १२ गतेदेखि व्यापरिक उत्पादन गर्दै आईरहेको छ ।