जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • अल्पकालीन तरलता घट्दा अन्तर बैंक सापटी ८.५% पुग्यो

अल्पकालीन तरलता घट्दा अन्तर बैंक सापटी ८.५% पुग्यो

अल्पकालीन तरलता अभाव भएर अन्तर बैंक ब्याजदर उक्लिएपछि नेपाल राष्ट्र बैंकले बजारलाई ३० अर्ब रुपैयाँ दिने भएको छ।

राष्ट्र बैंकले बुधबार ३० अर्ब रुपैयाँको रिपो जारी गरेको हो। राष्ट्र बैंकले १४ दिन अवधिको रिपो जारी गरेको हो।

बीचमा तरलता निकै सहज भएर अन्तर बैंक ब्याजदर ५ प्रतिशतभन्दा तल आइसकेको थियो। तर, आन्तरिक ऋण उठेसँगै तरलता कम भएर अन्तर बैंक ब्याज पुन: साढे ८ प्रतिशत पुगेको छ।

बजारमा दबाब पुगेपछि राष्ट्र बैंकले रिपो जारी गरेको हो।

मंगलबारसम्मको तथ्यांक अनुसार निक्षेप पनि थोरै घटेको छ। ५३ खर्ब ८२ अर्बको निक्षेप ५३ खर्ब ८० अर्बमा आएको हो। यो एक दिनमा घटेको निक्षेप हो।

3705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका