जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • वित्तीय क्षेत्रजस्तै विशेष ऐनमार्फत पुँजी बजार पनि सञ्चालन गरिने

वित्तीय क्षेत्रजस्तै विशेष ऐनमार्फत पुँजी बजार पनि सञ्चालन गरिने

नेपाल राष्ट्र बैंकको जस्तै नेपाल धितोपत्र बोर्डले पनि छुट्टाछुट्टै ऐनबाट आफ्नो संरचनाका साथै बजार सञ्चालन गर्न तयारी गरेको छ।

बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले मंगलबार छुट्टै ऐनका लागि प्रकृया अगाडि बढाइएको बताए।

राष्ट्र बैंक आफ्नो संरचना सञ्चालनका लागि नेपाल राष्ट्र बैंक ऐनमार्फत चल्छ भने बजार चलाउन बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनलगायतका ऐन प्रयोगमा आउँछ।

बोर्डले पनि आफ्नो संस्था सञ्चालनका लागि शक्तिशाली ऐन निर्माण गरिने ढुङ्गानाले जानकारी दिए। बजार सञ्चालनका लागि अर्कै ऐन निर्माणको तयारी भइरहेको उनले बताए।

नेपाल धितोपत्र बोर्डको २९औं बार्षिकोत्सबका उपलक्ष्यमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले पछिल्लो समय बजारमा सर्वसाधारणको सहभागिता बढेको बताए। पोहोर ७७ लाखको डिम्याट भएकोमा यसपाली एक करोड ३५ लाखको डिम्याट खाता पुगेको जानकारी दिए।

उनले पुँजीबजारमा भएको कारोबारबाट राज्यलाई पनि पुँजीगत लाभकर राम्रो प्राप्त भएको बताए। पोहोर एक बर्षमा एक अर्ब रुपैयाँ लाभकर उठ्ने गरेकोमा यसपालीबाट महिनामै एक अर्ब उठ्ने गरेको उनले जानकारी दिए।

Dear Sir
Find the Attachments Pdf File .

5245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका