जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • गुराँस लाइफले समयमा एक्चुरियल मूल्याङ्कन गर्न नसक्दा तीन कम्पनीको एकिकृत कारोबार अन्योलमा

गुराँस लाइफले समयमा एक्चुरियल मूल्याङ्कन गर्न नसक्दा तीन कम्पनीको एकिकृत कारोबार अन्योलमा

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले समयमा एक्चुरियल मूल्याङ्कन सहित लेखापरीक्षण प्रतिवेदन तयार पार्न नसक्दा एकिकृत कारोबार अन्योलमा परेको छ । प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफले मर्जर पछि आगामी २०८० बैशाख एक गते नयाँ वर्षको दिन पारेर एकिकृत कारोबार गर्ने घोषणा गरेका थिए ।

तर अहिलेसम्म पनि गुराँस लाइफले आर्थिक वर्ष २०७७/७८ को एक्चुरियल मूल्याङ्कन सम्पन्न गर्न सकेको छैन । तीन कम्पनीहरु विच यस आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश दिने सहमति भएको थियो । सोहि सहमति अनुसार प्राइम र युनियन लाइफले लाभांश घोषणा गरिकन पारित गरिसकेका छन् । पुर्वसहमति अनुसार गुराँस लाइफले ८ प्रतिशत लाभांश दिने सहमति भएको थियो । लाभांश दिन सबैभन्दा पहिला कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन तयार पार्नु पर्छ ।

NLIC
अझै पनि लेखापरीक्षण प्रतिवेदन तयार नभइसकेको हुँदा तोकिएको समयमा एकिकृत कारोबार गर्न धेरै गाह्रो पर्ने देखिन्छ । एक्चुरियल मूल्याङ्कन तयार पारे पछि प्राधिकरणले स्वीकृत गर्नु पर्छ । प्राधिकरणले तिव्र गतिमा स्वीकृत गर्दा पनि केहि समय लाग्नेछ । त्यस पछि एक्चुरियल मूल्याङ्कन पछि लेखापरीक्षण प्रतिवेदन तयार पार्नु पर्नेछ । यसका लागि पनि केहि समय लाग्नेछ ।

अर्को तर्फ कम्पनीले लाभांश घोषणा गरेर साधारणसभा आह्वान गर्नु पर्नेछ । यसो गर्दा कम्पनीलाई धौ धौ पर्ने जानकारीहरु बताउछन् । यदि कम्पनीले चैत मसान्त भन्दा केहि समय अगाडी साधारणसभा गर्न भ्यायो भने मात्रै एकिकृत कारोबार सम्भव हुनेछ ।

तीन बीमा कम्पनीले गत माघ एक गते मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । तीन वटा कम्पनीलाई मिलाएर हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी नामाकारण गर्ने सहमति भइसकेको छ । तीन वटा कम्पनीले कर्मचारीहरुको संख्या घटाउन भिआरएस लागु गर्दैछ । अन्तिम सहमति पछि दुई कम्पनीले साधारणसभाबाट मर्जरको प्रस्ताव पारित गरिसकेका छन् । तर गुराँसले गर्न भ्याएको छैन । गुराँसले समयमा काम सम्पन्न गर्यो भने एकिकृत कारोबार नजिकिनेछ अन्यथा ढिला हुनेछ ।

गुराँस लाइफको एक्चुरियल मूल्याङ्कनदेखि लिएर लेखापरीक्षण प्रतिवेदनमा समेत नेपाल बीमा प्राधिकरणले यस अगाडी कम्परमाइज गरेको थियो । सोहि क्रममा कतिपय विषयवस्तु वाहिरिएका पनि थिए । संयुक्त कारोबारका लागि अन्य आन्तरिक तयारमा भने खासै ठुलो प्रगति देखिदैन । यदि पुर्वनिर्धारित तालिका अनुसार कारोबार गर्ने हो भने द्रुत गतिमा कारोबार गर्नु पर्नेछ । यदि बैशाख एक गते एकिकृत कारोबार गर्न सम्भव भयो भने कम्पनीले तोकिएको चुक्ता पूँजी समयमै जुटाउनेछ । प्राधिकरणले यहि चैत मसान्त भित्र जीवन बीमा कम्पनीहरुका लागि न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउनु पर्नेछ ।

1335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?