जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा कम्पनीहरुलाई निर्देशन

अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा कम्पनीहरुलाई निर्देशन

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । सोमबार गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी (निप्स), पोखरा च्याप्टरसँग भएको बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो जनाएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष सूर्यप्रसाद सिलवालले सुशासन कायम गर्न, अस्वस्थ प्रतिस्पर्धा नगर्न र पारदर्शीरुपमा काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका हुन् । साथै अध्यक्ष सिलवालले बीमा सर्भेयरहरुले समयमा नै प्रतिवेदन बुझाउनुपर्ने, एउटै सर्भेयरसँग धेरै फाइलहरु थन्किएर रहने अवस्था हटाउनुपर्ने र बीमा कम्पनीहरुले समयमै सर्भेयर शुल्क भुक्तानी गर्नुपर्ने बताए ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा ऐन बमोजिम एक कम्पनी एक अभिकर्ताको व्यवस्था कार्यान्वयनमा आएको र अभिकर्ताको परीक्षा अनलाइनबाट हुने व्यवस्था गरिएको जानकारी दिए ।

कार्यक्रममा सहभागी सर्भेयरहरुले सर्भेयरको परिक्षा, बर्गीकरण तथा संस्थागत योग्यताको व्यवस्था, सर्भेयर शुल्क, सर्भेयर पेशाको भविष्य, सर्भेयर पेशाप्रतिको आकर्षण लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल (अधिकारी), प्राधिकरणको गण्डकी प्रदेश कार्यालयका प्रमुख केशव प्रसाद दाहाल, प्राधिकरणका सहायक निर्देशक केदारनाथ भट्ट, निप्सका पदाधिकारी, बीमा कम्पनीका केन्द्रीय कार्यालय र प्रदेश तथा शाखा कार्यालयका पदाधिकारीहरु, बीमा सर्भेयर, बीमा अभिकर्ता लगायतको सहभागिता रहेको थियो ।

930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका