जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राष्ट्र बैंकले ३० अर्ब दिन्छु भन्दा बैंकले ६० अर्ब मागे

राष्ट्र बैंकले ३० अर्ब दिन्छु भन्दा बैंकले ६० अर्ब मागे

नेपाल राष्ट्र बैंकले ३० अर्ब दिन्छु भन्दा बैंक तथा वित्तीय संस्थाले ६० अर्ब रुपैयाँ दाबी गरेका छन्। राष्ट्र बैंकले बिहीबार जारी गरेको ३० अर्ब रुपैयाँको रिपोमा ६० अर्बको दाबी परेको हो।

बैंक तथा वित्तीय संस्थाले हरेक दिन पाइने स्थायी तरलता सुविधा (एसएलएफ) को दरभन्दा माथि रिपोका लागि ब्याज कबुल गरेका छन्।

राष्ट्र बैंकले मौद्रिक नीतिबाट एसएलएफको ब्याज साढे ८ प्रतिशत पुर्याएको छ। निर्देशन जारी नभइसकेकाले अहिले पनि स्थायी तरलता सुविधाको ब्याज सात प्रतिशत छ। तर राष्ट्र बैंकले मद्माशी गरेर निर्देशन जारीअघि नै नयाँ ब्याज लागू गरिसकेको छ।

बैंकहरुले रिपोमा ८.५५ प्रतिशतसम्म ब्याज कबुल गरेका छन्।

न्यूनतम ८.२ प्रतिशत ब्याज कबुल गरेका छन्। औषत ब्याज दर ८.३८ प्रतिशत कायम भएको छ। २१ वटा संस्थाको बिभिन्न ब्याज दरमा ८७ वटा आवेदन परेको थियो।

यता रिपोबाहेक पनि बैंक तथा वित्तीय संस्थाले २३ अर्ब ६९ करोड रुपैयाँ स्थायी तरलता सुविधा उठाएका छन्। ११ वटा कारोबार भएको छ। बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक बर्षको ११ कारोबार दिनमा ३ खर्ब ३७ अर्ब ७९ करोड रुपैयाँ स्थायी तरलता सुविधा प्रयोग गरिसकेका छन्।

2160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका